एक सय अठाइस बालवालिकालाई छात्रवृत्ति

गणेश बानियाँ
जाजरकोट, बिद्यालय छोड्ने जोखिममा रहेका सिमान्तकृत तथा विपन्न परिवारका १ सय २८ जना बालवलिकाहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । विपन्न परिवारका वालवालिकाहरुको विद्यालय छाडने दर उच्च भएको अवस्थामा सो छात्रबृत्ति वितरण गरिएको हो ।
छेडागाड नगरपालिका स्थित पजारु, सुवानाउलि, दशेरा तथा झप्रामा रहेका ६४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत वालवालिकाहरु मध्ये छनौटमा परेका १ सय २८ वालवालिकाहरुलाइ उक्त छात्रबृत्ति सहयोग गरिएको सेभ द चिल्ड्रेनको एकिकृत परियोजना जाजरकोटले जनाएको छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न, जेहनदार र कापी कलमको समस्यामा परेका वालवालिकाहरु मध्ये छेडागाड नगरपालिका वडा नं. ३ देखि ११ सम्मका विद्यालयका प्रति विद्यालय २ जना गरि ६४ विद्यालयका १ सय २८ वालवालिकाहरुलाइ प्रति ब्यक्ती करिब २७ सय भन्दा बढीको सामाग्रीहरु प्रदान गरिएको हो ।
वितरित सामाग्रीहरुमा कापी २४ वटा, विद्यालय झोला एउटा, जुत्ता÷मोजा १ जोडा, स्विटर १ वटा, सेलो डटपेन १४ वटा, ज्यामीति १ वटा र विद्यालय पोशाक छात्रवृत्ति स्वरुप प्रदान गरिएको सहयोगी संस्था पाँचतारा युवा संरक्षण मञ्च जाजरकोटमा संचालित सेभ द चिल्डेनले जनाएको छ ।
वितरित सामाग्रीहरु पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट तथा सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित एकिकृत परियोजना अन्र्तगत शिक्षा कार्यक्रमको आर्थिक सहयोगमा छात्रवृत्ति विवरण गरिएको पाँचतारा युवा संरक्षक मञ्चका कार्यकारी निर्देशक छवि पन्तले बताउनु भएको छ ।
वालवालिकाहरुलाइ विद्यालय ब्यवस्थापन समिति तथा गाउ वाल अधिकार संरक्षण समितिको सिफारिसका आधारमा विपन्न परिवार, दलित र अनाथ÷अपाङ्ग वालकालिकाहरुलाई छनोट गरी छात्रवृत्ति विवरण गरिएको पन्तले बताउनु भयो ।
गाउँमा आम्दानीका स्रोतहरु नहुदाँ, विद्यालयमा पाठ्यपुस्तक अभाब, शिक्षक अनुपस्थिति लागाएतका समस्याका कारण वालवालिकाको विद्यालय छोडने दर उच्च रहेको एकिकृत परियोजना जिल्ला संयोजक मनोज सुनुवारले बताउनु भयो ।
छात्रबृत्ति सहयोगले वालवालिकालाइ विद्यालय नियमित हुन सजिलो भएको गाउ वाल अधिकार संरक्षण समितिका कर्ण बहादुर कार्कीले बताउनु भायो । ५ वटा किताबको एउटा कापीले काम चलाउनु पर्ने बाध्यता रहेको छात्रबृत्ति पाउने राम माविमा अध्ययनरत वालिका लक्ष्मी वि क ले बताइन ।



