माओवादी तेस्रो भएपनि सत्ताको चाबी हाम्रो हातमा हुन्छ– प्रचण्ड

हेटौंडा – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार संचालनमा माओवादी निर्णायक पार्टी बन्ने दावी गरेका छन् । हेटौंडामा शुक्रबार संचारकर्मीहरुसंग कुरा गर्दै प्रचण्डले आगामी मंसिरमा हुने संसद र प्रदेशको निर्वाचनमा माओवादी तेस्रो पार्टी बन्ने बताए ।  उनले माओवादी तेस्रो पार्टी भएपनि सरकार संचालनमा भने निर्णायक बन्ने दावी गरे ।

 

माओवादी तेस्रो भएपनि सत्ताको चाबी हाम्रो हातमा हुन्छ– प्रचण्ड

स्थानीय चुनावमा पार्टीको अवस्था सुदृढ भएको दावी गर्दै प्रचण्डले पार्टीको संगठन बलियो बनाएर अर्को निर्वाचनमा माओवादीलाई एक नम्बर पार्टी बनाउने घोषणा गरे ।

पुर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले माओवादी कमजोर हुनुमा आन्तरीक कारण भएको बताउदै पार्टीलाई थप एकताबद्ध बनाएर देशको महत्वपुर्ण शक्ति बनाई छाड्ने दाबी गरे  प्रचण्डले संक्रमणकाल भएको हुदा सरकारको आकार ठुलो भएको धारणा राखे ।





error: Content is protected !!