५ स्थान जित्दै एमालेलाई उछिन्यो माओवादीले

काठमाडौं– २ नम्बर प्रदेशमा भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा एमालेलाई माओवादी केन्द्रले पछि पारेको छ ।
बिहीबार दिउँसो ३ः४५ बजेको अपडेटअनुसार सवैभन्दा अगाडी कांग्रेस ८ स्थान र दोस्रोमा माओवादी केन्द्रले ५ स्थान ल्याउन सफल भएको छ । ४ स्थान जितेको एमाले तेस्रो बनेको छ ।
अहिलेसम्म कांग्रेसले धनुषाका २, सप्तरीका २, सिराहामा २ र बारा रौतहटमा एकएक स्थान जितेको छ ।
त्यस्तै माओवादी केन्द्रले सिराहा ३ र पर्सा र रौतहटमा एकएक सथान जितेको छ । एमालेले भने धनुषाका २ सथान तथा पर्सा र सप्तरीमा एकएक स्थान जितेको छ । त्यस्तै राजपा ३, संघीय समाजवादी फोरम २ र फोरम लोकतान्त्रिकले २ स्थानमा जितेका छन् ।





error: Content is protected !!