युवाहरु जुटे सामुदायिक कार्यमा

जाजरकोट  । यहाँका युवाहरु आफ्नो गाउँटोलको सामुदायिक विकासको लागी एक जुट भएर अगाडी वढेका छन । भेरी नगरपालीका वडा नं १ मा गठीत शान्ति युवा क्लवको सक्रीयतामा सामुदायिक कायृमा जुटेका हुन ।
अष्ट्रेलियन एड,कारितास अष्ट्रेलिया को आर्थिक सहयोगमा कारितास नेपालको साझेदारीमा युवा जागरण विकास केन्द्र नेपाल यार्सन जाजरकोटको सहजकिरणमा गठीत शीव नगर शान्ति युवा क्लव कालेगाउँका युवाहरुले आज गाउँको २०० मीटर वाटो मर्मत गर्नुको साथै गाउँमा आवत जावत गर्ने ३ वटा घोरेटो वाटोमा झाडी सरसफाइ तथा मर्मत गरेका हुन ।
नजीकीदै गरेको चाडपर्वलाइ मद्यनजर गरी युवाहरुले समाजमा सामुदायिक कार्यमा आफु जुटेपछी मात्र समुदायले त्यसको सीको गर्छ र फाल्तु समय खेर फान्नु भन्दा सामुदायीक कार्यमा लाग्दा सवैले त्यसको सीको गर्ने भएकाले आफुहरु काममा जुटेको युवा क्लवका अध्यक्ष इन्द्र वटालाले वताए ।
हरेक महीनाको वैठकमा निर्णय गरेर कुनै ना कुनै समुदायिक कार्य तथा सचेतनामुलक काम गर्ने निर्णयअनुसार आफुहरु जुटेको र यस्ता खाले कामलाइ निरन्तरता दीने सचिव भीम वहादुर वुढाथोकीले वताए । युवा क्लवले स्थानीय समुदायको समेत साथ लीदै यस्ता खाले सामुदायिक काममा लागे पछी सवै काम मा सरकारको मात्रै मुख ताक्ने प्रवृत्तीको अन्तइ हुने र विकासमा पनि अपनत्व वढ्ने वडा नं १ की निर्वाचीत महीला सदस्य वीमला वस्नेत को धारणा रहेको छ ।
सरसफाइ कार्यक्रमा स्थानिय समुदाय तथा युवा हरु गरी २५ जनाको सहभागीता रहेको यार्सनका शान्ति सहजकर्ता धर्मराज परियार ले जानकारी दीनु भएको छ ।





error: Content is protected !!