सडक हाकिमलाइ सिडिओको चेतावनी

जाजरकोट , स्थानीय जनता, तालुक अडडाका हाकिम र अन्य सरोकारवालाहरुलाइ नटेरेको भन्दै एक सडक हाकिमलाइ जाजरकोटका प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले कारवाहीको चेतावनी दिएका छन् । जिल्लाको सडक निर्माणमा व्यापक वेवास्ता भएको भन्दै स्थानीयले गरेको पटक पटकको आग्रह र विगतका प्रमुख जिल्ला अधिकारीले दिएको आदेश समेतलाइ वेवास्ता गर्दै आएका सडक डिभीजन कार्यालय चौरजहारीका डिभीजन प्रमुख इन्जिनियर आषिस थापा मगरलाइ प्रजिअ शाहीले जिल्लाको सडक निर्माण गुणस्तर हिन भएको र सरोकारवाला निकायलाइ नटेर्ने गरेको भन्दै आफनो जिम्मेवारी ख्याल गर्न चेतावनी दिएका हुन् ।
वुधवार आफनै कार्यकक्षवाट टेलिफोन गरेर शाहीले सडक डिभीजन कार्यालय चौरजहारीका प्रमुख थापा मगरलाइ जिल्ला प्रशासन कार्यालय लगाएतका तालुक अडडा, जनप्रतिनिधि र सर्वसाधारण जनता प्रति उत्तरदायि वन्न निर्देशसन दिएका छन् । डिभिजन प्रमुख थापा मगरको गैरजिम्मेवारीपुर्ण कार्यशैलीका वारेमा स्थानीयको व्यापक विरोध भएको र सडक निर्माणको काम गुणस्तर हिन र निकै ढिलो हुने गरेको विषयमा आफुले पटक पटक सम्पर्क गर्न खोज्दा पनि सडक डिभीजन प्रमुख थापा मगरले वास्ता नगरेपछि आफुले कारवाहिको चेतावनी दिएको प्रमुख जिल्ला अधिकारी शाहीले वताए । उनले रुकुमको चौरजहारीमा कार्यालय भएपनि जाजरकोटवाटै सन्चालित हुने उक्त कार्यालयले जिल्लामा आफुनो गतिविधि, वजेट र अन्य कार्यक्रमहरु नदेखाउने, जनताको कुरा नसुन्ने र जनतालाइ हेपाह व्यवहार गर्ने गरेकोले थापालाइ कारवाहिको चेतावनी दिएको वताए ।
थापाले अव पनि आफनो काम प्रति गैरजिम्मेवार वने र सरोकारवाला निकायलाइ अटेरी गरे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सडक विभाग सम्मै कारवाहिको प्रक्रिया अघि वढाइ दिने प्रजिअ शाहीले वताए । प्रमुख जिल्ला अधिकारीको चेतावनी प्रति जिल्ला स्थित सरोकारवाला निकायहरुले खुसी व्यक्त गरेका छन् ,। नेपाल पत्रकार महासंघका अध्यक्ष भीमवहादुर सिंहले जाजरकोटमा निर्माण भइरहेका सवै सडकहरु गुणस्तर हित र जीर्ण हुदा पनि कुनै वेवास्ता नगर्ने र सरोकारवालाहरुलाइ नटेर्ने सडक प्रमुखलाइ प्रमुख जिल्ला अधिकारीले कारवारी गर्छु भनेको कुरा सकरात्मक रहेको वताए । उनले सर्वसाधारण जनताले गुनासो गर्दा पनि वास्ता नगर्ने र जिल्लाको प्रमुखले भनेको नमान्ने थापाको गैरजिम्मेवार शैलीको सर्वत्र आलोचित रहेको वताए । त्यस्तै नागरिक अगुवा राजेन्द्र विक्रम शाहले पनि आशिष थापा मगर जनता प्रति उत्तरदायि नहुने जिम्मेवारीमा इमान्दार नहुने व्यक्ति भएकाले प्रमुख जिल्ला अधिकारीले दिएको कारवाहिको चेतावनी सराहनीय रहेको वताए ।
जाजरकोटको सडक निर्माणको अवस्था व्यापक रुपमा गुणस्तरहिन र ढिलो हुदा पनि डिभीजन प्रमुख थापाले कुनै चासो नदिएको गुनासो गरे । सडक डिभीजन कार्यालयका प्रमुख थापाले प्रमुख जिल्ला अधिकारी लगाएत जिल्लाका कसैको पनि फोन नउठाउने, कार्यालयमा भेटन गएका स्थानीयहरुको कुरा पनि नसुन्ने, सडक निर्माणका क्रममा व्यापक गुणस्तरहिन काम भए पनि कुनै चासो नलिने गरेका छन् । प्रमुख जिल्ला अधिकारी शाहीले जिल्लाको समुन्वयमा नआएमा थापालाइ कारवाहिको लागि विभागमा पठाउने तयारी गरेको वताए । सडक निर्माणमा आर्थिक लेनदेन गर्ने , काम गतिलो नगर्ने र जनतालाइ नटेर्ने कुनै पनि कर्मचारी राष्ट्रसेवक हुन सक्दैन, उनल भने । आफुले पनि भ्रष्टाचार नगर्ने र गर्ने कसैलाइ पनि नछोड्ने उनले वताए । उता सडक डिभीजन कार्यालयका प्रमुख इन्जिनियर आशिस थापा मगरले भने आफुले आफनो तरीकाले काम गरिरहेको र आफनौ सैली मन नपराउनेहरुले कुरा काट्ने गरेको वताए । सडक निर्माणका क्रममा भएका गल्तीहरु सच्याउदै आफुहरुले अघि वढ्ने र निर्माण रोकिएका सडकहरुको काम पनि तिव्र गतिले भइरहेको वताए । सडक निर्माण भएको लामो समय सम्म पनि खलंगा रिम्ना, खलंगा पाँच कटिया र छेडा थलह वजार सम्मको सधै गाडी चल्न नसकेको र ठुलो यात्रुवहाक गाडीहरु चल्न नसकेको भन्दै स्थानीयले सडकको अवस्था सुधार्नु पर्ने माग गरेका छन् ।



