आर्थिक अभावले बालिका उपचारबाट बन्चित

जाजरकोट  – कुशे गाउपालिका ७, नारेकी १४ बर्षीय एलिना हमाल उपचारबाट बन्चित भएकी छन् । ब्लड क्यान्सर रोगबाट पिडित हमाल आर्थिक अभावमा उपचारबाट बन्चित भएकी हुन् ।
एलिना विगत ८ महिना देखि ब्लड क्यान्सर रोगका कारण थलिएकी छन् । गत बैशाख देखि छोरीलाई निजमती कर्मचारी अस्पताल काठमाडौंमा उपचारका क्रममा भर्ना गरकोे बुवा दीपकले बताए । अस्पतालमा भर्ना गरेपनि खर्च जुटाउन नसक्दा छोरी उपचारबाट बन्चित भएको उनले बताए । छोरी विरामी भए यता स्वास्थ्य चेकजा“च, किमु चढाउने लगाएत उपचारका लागि ६ लाख बढी खर्च भैसकेको उनले बताए । गाउमा भएको ३ कोठे घर र ५ रोनी जग्गा विक्रीबाट ३ लाख र ऋण गरेर ३ लाख जुटाएको दीपकले बताए । छोरीको उपचार गर्दै घर जग्गाविहीन भएको उनले बताए । बर्षमा ६ महिना पनि खाना नपुग्ने विपन्न परिवारका दीपकलाई उपचार खर्च कसरी जुटाउने र छोरी एलिनालाई कसरी बचाउने भन्ने चिन्ताले सताएको छ ।
एलिनालाई भएको ब्लड क्यान्सर रोगको २ बर्ष सम्म उपचार गर्नु पर्ने दीपकले बताए । निजामती कर्मचारी अस्पतालका डा विशेष पौडेलले एलिनाको थप उपचारमा २० लाख खर्च लाग्ने बताएपछि आकाश खसे जस्तै भएको उनले बताए । अस्पतालका डाक्टरले २ बर्ष सम्मको उपचारपछि एलिना पुर्ण स्वास्थ्य हुने बताएका छन् । विरामी छोरीलाई काठमाण्डौंमै छाडेर उपचार खर्च जुटाउन चन्दा माग्दै हिंडेको उनले बताए । एलिना कृर्तीपुर स्थित आफन्तको् कोठा बस्दै आएकी छन् । उनी उपचारको लागि सातामा २ पटक अस्पताल पुग्ने गर्छीन् । खेती किसानी र मजुदुरी गरेर परिवार धान्दै आएका दीपकलाई २० लाख जुटाउन आकाशको फल जस्तै भएको छ । क्यान्सर पिडित छोरी एलिनाको उपचार खर्चका लागि सहयोग माग्दै गाउ टोल, ब्यापारी, गाउपालिका, नगरपालिका र गृह मन्त्रालयसम्म धाएपनि हालसम्म कतैबाट सहयोग प्राप्त नभएको उनले बताए । उनले छोरीको जीवन रक्षाका लागि सम्बद्ध सबैस“ग आर्थिक सहयोगको आव्हान समेत गरेका छन् । एलिना त्रिभुवन माध्यमिक विद्यालयकी ९ कक्षामा अध्ययनरत छात्र पनि हुन् ।




सम्बन्धित समाचार


error: Content is protected !!