मात्रै २ वटा ल्वाङले हटाउनेछ १० वटा स्वास्थ्य समस्या, यसरी प्रयोग गर्नुस् 

 एजेन्सी। ल्वाङको प्रयोग नेपाली खानाबाहेक आयुर्वेदिक उपचारको लागि पनि हुन्छ । यसको प्रयोगले खानाको स्वाद त आउँछ नै त्यसबाहेक औषधीको रुपमा प्रयोग गर्दा यसले अनेकौं स्वास्थ्य समस्यामा फाइदा हुन्छ । उत्तराखंड आयुर्वेद विश्वविद्यालयका स्वास्थ्य वृत्त विभागमा हेड अफ डिपार्टमेन्ट डाक्टर अवधेश मिश्राका अनुसार ल्वाङमा स्वास्थ्य सन्तुलित बनाउने र समस्याबाट बचाउने कैयौं गुण हुन्छन् । जानौं ल्वाङका फाइदाहरु –

१. ग्याष्ट्रिकः  एक कप उम्लिरहेको वानीमा २ वटा ल्वाङ पिसेर राख्नुहोस् । पानी चिसो भएपछि पिउनुहोस् ।
२. दाँत दुखाइः १ चम्चा कागतीको रसमा २ वटा ल्वाङ घोटेर दाँतमा लगाउनुहोस् । पीडाबाट राहत पाइनेछ ।
३. मुखको दुर्गन्धः २ वटा ल्वाङ एउटा सानो सुकमेलसँग चपाउनुहोस् । मुखको दुर्गन्धबाट छुटकारा पाउनुहुनेछ ।
४. मुखमा फोका उठ्नुः २ वटा ल्वाङ हल्का भुटेर मुखमा राख्नुहोस् । फोका पर्दा राहत हुनेछ ।
५. पखाला र ज्वरोः २ ल्वाङ र ४÷५ वटा तुलसीका पात एक कप पानीमा उमालेर पिउनुहोस् ।
६. गर्धन दुखाइः २ वटा ल्वाङ पिसेर एक कचौरा तोरीको तेलमा मिसाएर हल्का मालिस गर्नुहोस् ।
७. पेटमा जुका वा अन्य परजीवी पर्नुः २ वटा ल्वाङ पिसेर १ चम्चा महसँग २ हप्तासम्म खानुहोस् ।
८. स्ट्रेसः २ ल्वाङ, तुलसी र पुदिनाका ७–८ वटा पात, एउटा सानो सुकमेल पानीमा उमालेर पिउनुहोस् ।
९. टाउको दुखाइः २ वटा ल्वाङ र एक चिम्टी कपुर पिसेर नरिवलको तेलमा मिसाइ टाउको मालिस गर्नुहोस् ।
१०. रुखो कपालः २ वटा ल्वाङ आधा कप ओलिभ तेलमा मिसाएर मधुरो आँचमा तताउनुहोस् । सेलाएपछि कपालमा लगाउनुहोस् ।
 





error: Content is protected !!