ज्ञापन पत्र वुझाएको हप्ता दिन भित्र टावर वन्दै

जाजरकोट । यहाँका पुर्वी क्षेत्रका स्थानीयले जाजरकोट क्षेत्र नं १ का संसद तथा पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतलाई फोन टावरको माग गदै ज्ञापन पत्र वुझाएको एक हप्ता नपुग्दै टावर निर्माणको काम सुरु भएको छ ।
जिल्लाको त्रिवेणी नलगाड ८ हल्चौर गरालामा नमस्ते र स्काईको टावर वन्न लागेको नेकपा माओवादी केन्द्रका राष्टिय अधिवेशन आयोजक समितिका सदस्या निरज खत्रीले वताउनुभयो । नेताले चाहेमा जे पनि हुँदो रहेछ ज्ञापन पत्र वुझाएको एक हप्ता नवित्दै टावर निर्माणका लागि कर्मचारी हाम्रो गाउँमा पुगिसक्ये खुसी हुँदै उहाँले भन्नुभयो । पुर्वी क्षेत्रका केही ठाउँमा फोनले काम नगर्दा समस्या हुँदै आएको भन्दै स्थानीयले दुखेसो पोखेपछि पुर्व गृहमन्त्री वस्नेतलाई ताकेता गरिएको थियो । उहाँले जिल्लाका थप नया १२ ठाउँमा टेलिफोन टावर विस्तार गर्नका लागि अन्तिम चरणमा काम पुगेको वताउनुभयो ।
तत्कालिन सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की हुँदा टावरको विस्तारका लागि नेकपा माओवादी केन्द्रका ईन्चार्ज तथा प्रदेश सभाका लागि जाजरकोट क्षेत्र १ का उम्मेदवार गणेसप्रसाद सिंहले समेत ज्ञापन पत्र वुझाएका थिए । या टावर निर्माण संगै जाजरकोट र रुकुमका अधिकांश ठाउँमा फोनले काम गर्नुका साथै वैकिग सेवा का लागि सहज हुँने छ ।



