सिसिक्यामराको निगरानीमा सामुदायिक विद्यालयमा पढाई

जाजरकोट ः यहाँको एक सामुदायिक विद्यालयमा सिसिटिभी को निगरानीमा पढाई सुरु भएको छ । जिल्लाकोे भेरी नगरपालिका वडा १ मा रहेको शिव माध्यमिक विद्यालयमा सिसिटिभीको निगरानीमा पढाई सुरु भएको हो ।
विद्यालयमा शिक्षकहरुले पुरा समय दिएर पढाउने र विद्यार्थीहरु पनि अनुशाषित भई पढुन भनेर यस्तो कार्य गरिएको प्रधानााध्यापक तीलक खत्रीले वताउनुभयो । सदरमुकाम खलंगाको नजिकै कालेगाउँमा रहेको यो विद्यालय विगतमा शिक्षण उपलव्धि सन्तोष जनक नभएको आरोप लगिरहथ्यो । विगत एक वर्षको अर्थक मेहनत पछि अहिले सिसिक्यामराको निगरानीमा पढाई हुँदा स्थानीयहरु दङ्ग छन् । विद्यालयमा विद्यार्थीहरुको निकै ठुलो भिड छ । कृषि जेटिए र भेटनरी जेटिए समेत विद्यालयले सञ्चालन गरेको छ । विज्ञान प्रयोगशाला , सुद्धखानेपानि , तरकारीको विउँ उत्पादन हुने गर्दछ । विद्यालयमा हुँने विभिन्न गतिविधी हेरेर स्थानीयहरुले आफ्नो तरकारी , अन्य वाली लगाउदा सल्लाह लिने गरेका छन् । विद्यालयको चारैतिर घेरावार लगाएको छ । विहानै देखि सञ्चालन भएको विद्यालय वेलुका ४ वजे सम्म सुचारु हुन्छ ।
विद्यालय ईन्टरनेट र सवै विद्यार्थीको अगाडी कम्प्यूटरको सहायताले शिक्षण हुँने गरेको छ । यो विद्यालयमा जाजरकोट, रुकुम, सल्यान र डोल्पा सम्मका विद्यार्थीहरु पढ्ने गरेका छन् । विद्यार्थीको अनुपातमा शिक्षकको दरवन्दी नभएपनि निजी स्तर वाट राखिएका शिक्षकको भरमा यो विद्यालय अव्वल वन्दै गएको छ । विद्यालय भित्र गएपछि विद्यालयको वारेमा सवै विवरण स्पष्ठ देखिने गरि राखिएको छ ।



