उत्तर कोरिया संकटः कोरियाली आकाशमा उडे अमेरिकी बम–वर्षक विमान

बीबीसी
अमेरिकाले कोरियाली प्रायद्वीपमा दक्षिण कोरियाको लडाकू जहाजका साथै बम खसाल्ने अभ्यास गरेको छ ।
यो सैन्य अभ्यासमा दुई अमेरिकी बम–वर्षक विमान समावेश थिए ।
दक्षिण कोरियाली समाचार एजेन्सी योनह्यापका अनुसार अमेरिकाले यूएस फोर एफ–३५ बी स्टेल्थ र टु बी–वानबी रणनीतिक बमवर्षकमार्फत अभ्यास गरेको छ ।
उक्त अभ्यासमा दक्षिण कोरियाको एफ–१५ के फाइटर विमान समावेश थिए जुन अभ्यासपछि जापान र गुआमस्थित एयरबेसमा पुग्यो ।
दुबै देशको तर्फबाट यो कदम सेप्टेम्बर १५ तारिखमा उत्तर कोरियाको तर्फबाट जापानी आकाशमा मिसाइल प्रक्षेपण गरेपछि उठाइएको हो ।
यसका साथै उत्तर कोरियाले गत सेप्टेम्बर ३ तारिखमा अहिलेसम्म आफ्नो छैटौं परमाणु परिक्षण गरिसकेको छ ।
यसैबिच दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनले उत्तर कोरियाविरुद्ध कडा सजायँको माग गरेको छ ।



