भीरवाट लडेर मृत्यू

जाजरकोट , २ भदौ ः घाँस काट्दै गर्दा सोमवार वेलुका ६ वजे भीरवाट लडेर भेरी नगरपालिका वडा ४ कि ४३ वर्षीय चन्द्रकला घर्तीको मृत्यू भएको छ । टेकवहादुर घर्तीको श्रीमती चन्द्रकला भैसीलाई घाँस काट्न वडा ४ कै पासागाड जंगलमा जानुभएको थियो । करिव भीरवाट २ सय मिटर तल जाजरकोट मटेला सडकमा परेको प्रहरीले वताएको छ । घटना स्थलमै उहाँको ज्यान गएको थियो ।

 





error: Content is protected !!