माओवादीले लगायो उम्मेदवारकोे टुङगो

जाजरकोट  । नेकपा (माओवादी केन्द्र) जाजरकोटले प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको चुनावमा उम्मेदवारको टुङगो लगाएको छ । प्रदेश सभाका लागि क्षेत्र नं १ वाट गणेसप्रसाद सिंह र क्षेत्र नं २ वाट नरवहादुर कार्कीलाई उम्मेदवार वनाउने निर्णय भएको नेकपा माओवादी केन्द्रका स्थायीसमिति सदस्या कालीवहादुर मल्लले वताउनुभयो ।
त्यस्तै प्रतिनिधी सभाका लागि पुर्व गृहमन्त्री तथा क्षेत्र नं १ का सांसद शक्तिवहादुर वस्नेत चुनाव लड्ने हुनुभएको छ । ६ नम्बर प्रदेशमा पर्ने जाजरकोट जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि एक निर्वाचन क्षेत्र कायम गरिएको छ । यसअघि दुई निर्वाचन क्षेत्र थिए । प्रदेशसभा सदस्यका लागि भने दुई निर्वाचन क्षेत्र कायम गरिएको छ ।
माओवादी केन्द्रका नेता शक्तिवहादुर बस्नेत आफ्नो जीत सुनिश्चित भएको दाबी गर्छन् । जाजरकोटमा वस्नेत जस्तै माथेल्लो तहको नेता नभएका कारण उहाँको जीत निश्चित भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले वताउनुभयो । जाजरकोटको पहिचान भएका कारण पनि उहाँलाई जिताउनु जरुरी रहेको उहाँको भनाई छ ।


२०४८ सालदेखि अहिलेसम्म जिल्लामा दोहोरिएर कुनै उम्मेदवारले जितेको रेकर्ड छैन । २०४८ सालमा एकमा कांग्रेस र अर्कोमा एमाले, २०५१ सालमा दुवै सिट कांग्रेस, २०५६ सालको चुनावमा एकमा राप्रपा , पहिलो संविधान सभाको चुनावमा दुवै क्षेत्र माओवादी केन्द्रले , दोस्रो संविधान सभामा क्षेत्र १ मा माओवादी केन्द्र र दुई नंम्वर क्षेत्रमा कांग्रेसले जितेको थियो ।

 

 

 

 





error: Content is protected !!