फुट्यो नेपाली कांग्रेस,जाजरकोटका नेता झलकनाथ वाग्लेले नयाँ पार्टी खोले

नेपाली कांग्रेस फुटेको छ । सभापति शेरबहादुर देउवा सँग असन्तुष्ट जाजरकोटका नेता झलकनाथ वाग्लेले पार्टी फुटाएर नयाँ पार्टी खोलेका हुन् । ‘नेपाली कांग्रेस वीपी पार्टी नामको नयाँ दलको कार्यबहाक अधक्क्षमा वाग्ले छन् । यसै बीच नयाँ दल ‘नेपाली कांग्रेस वीपी निर्वाचन आयोगमा दर्ता भइ सकेको स्रोतले बतायो ।
दल दर्ता भए संगै देश ब्यापि संगठन निर्माण मा सक्रिय रहने विशेष श्रोतले जानकारी दिएको छ । यो पार्टी सबभन्दा ठूलो वैकल्पिक प्रजातान्त्रिक शक्ति बन्ने दाबि गरिएको छ । पछिल्लो समय नेपाली कांग्रेस भ्रष्टाचारमा लिप्त भएको, कार्यकर्तालाई दास सम्झिएको आरोप लगाउँदै वाग्लेले पार्टी फुटाएका हुन् ।
सभापति देउवाले पार्टीको आफ्नो विचार त्यागेर माओवादीको पथमा हिँडेको, एकलौटी रुपमा पार्टी सञ्चालन गरेको आरोप वाग्लेले लगाउँदै आएका थिए । वाग्लेले गाउँ देखि नै पैसाले पद र पद्धती किनेको बेचेको, कार्यकर्ता तथा सम्पूर्ण नेपाली जनताले वैकल्पिक प्रजातान्त्रिक शक्ति खोजेको, यस्तो वीपीं विचारमा आधारित शक्ति नहुँदा एमाले जस्तो जाली पार्टीमा जनता जान बाध्य परेकाले विकल्प दिन यो पार्टी खालेको बताए ।
पार्टीको नाम नेपाली कांग्रेस बीपी चुनाब चिन्ह करुवा र झण्डाको छेउमा भने हिमाल पहाड र तराइलाइ इंगित गर्दै नेपाली कांग्रेसको झण्डामा केहि परिबर्तन गरिएको छ ।



