भ्रूण हत्याविरुद्ध प्रतिबद्धता

सुर्खेत । लिंग पहिचानका आधारमा गरिने गर्भपतनलाई निरुत्साहित गर्न सरोकारवाला प्रतिबद्ध भएका छन् । छोरा भए जन्माउने र छोरी हुँदा गर्भपतन गराउने संख्या बढेपछि पहिचानमै रोक लगाउन प्रतिबद्धता जनाइएको छ ।
नेपाल औषधि व्यवसायी संघका जिल्ला अध्यक्ष प्रेम भण्डारीले छोरीको बाँच्न पाउने अधिकारप्रति आफूहरू सचेत भएको बताए । ‘छोरी गर्भमै मारिनु हुँदैन । अब जिल्लाका कुनै पनि मेडिकलबाट भुूणको लिंग पहिचान गर्न रोक्ने छौं,’ उनले भने । वीरेन्द्रनगरमा सम्पन्न लिंग पहिचानका आधारमा हुने भ्रूण हत्या रोकथामसम्बन्धी कार्यक्रममा मेडिकल सञ्चालकका तर्फबाट भण्डारीले यस्तो जनाएका हुन् ।
धर्मगुरु एवं सनातम धर्म सेवा समितिका दुर्गाप्रसाद गौलीले छोरी भए गर्भपतन गर्नेरगराउने कामलाई कानुनी दायरामा ल्याउनुपर्ने सुझाव दिए । ‘धर्मले छोरीमात्र चाहिन्छ भनेको छैन । छोरीलाई विभेद पनि गरेको छैन,’ गौलीले भने, ‘धर्मको गलत प्रचार गरियो । समाजमा छोराले मात्र वंश थेग्छ भन्ने भ्रम फैलाइएको छ ।’



