१८ तस्बिरमा हेर्नुहोस डोल्पाको जुफाल विमानस्थल,४२ बर्षसम्म यस्तो थियो,अहिले यस्तो भयो ! (फोटोफिचर)

डोल्पाको जुफाल विमानस्थल कालोपत्रे भएदेखि नेपालगञ्ज र सुर्खेत देखि हुने हवाई उडानहरु नियमित हुने भएका छन् ।

तीन महिना अघि सम्म कच्ची अवस्थामा रहेको जुफाल विमानस्थलमा कालोपत्रे भएपछि तारा,मकालु,सम्मिट एअर लगाएतका जहाजहरुको नियमित उडान सुरुभएको छ ।

 

४२ बर्ष पछि यस्तो भयो ।


निकट भविश्यमै सिता,सिम्रिक,गोमा एअरले पनि उडान भर्ने बताईएको छ ।
डोल्पालीको लागि यातायातको एकमात्र विकल्पको रुपमा रहेको जुफाल विमानस्थलमा कालोपत्रे भएदेखि डोल्पाली सर्वसाधारणहरुमा खुशियाली समेत छाएको छ ।


हिजो सम्म जिल्ला बाहिर जानकोलागि हप्तौ कुर्दा पनि टिकट नपाईने,हवाई टिकेटमा आर्थिक चहलखेल हुने,ठुलाबडा र चिनेजानेका मान्छेहरुले मात्र टिकट पाउने अवस्थाको समेत अन्त्य हुने डोल्पालीको विश्वास छ ।
यातायात नहुँदा सामान्य विरामि पर्दा हवाई टिकट नपाउँदा उपचार नपाएर अकालमै ज्यान गुमाई रहेका डोल्पालीहरुका लागि अवका दिनहरु यातायातको सुविधाको हिसाबमा सुखद् हुने सबैको विश्वास छ ।

 

 


४२ बर्ष सम्म यस्तो थियो ।

तस्बिरःरामचन्द्र न्यौपाने





error: Content is protected !!