सर्वोच्चद्वारा डीआईजी नवराज सिलवालको रिट खारेज (फैसलाको पूर्ण पाठसहित)

काठमाडौं, भदौ २७–सर्वोच्च अदालतले नेपाल प्रहरी प्रमुख नियुक्तिका विषयमा डीआईजी नवराज सिलवालले दायर गरेको रिट खारेज गरिदिएको छ।प्रधान न्यायाधीश गोपाल प्रसाद पराजुलीको नेतृत्वको वृहत पूर्ण इजलासले सिलवालको माग दावी पूरा नहुने भन्दै मंगलबार रिट खारेज गरेको हो।बरियतामा एक नम्बर तथा कार्य सम्पादन मूल्यांकनमा पनि आफू नै अगाडि रह पनि सरकारले प्रकाश अर्याललाई आइजीपी बनाइएको भन्दै सिलवाल सर्वोच्च पुगेका थिए। तर, सर्वोच्चले उनको रिट खारेज गरिदिएको हो। उनले गत चैत ३० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

 

अदालतले अर्यालको कार्य सम्पादन मूल्यांकन अंक १५४ दशमलव ४ र सिलवालको १५२ दशमलव २ देखिएको भन्दै सिलवालको मागदावी पूरा नहुने ठहर गरेको हो । अदालतको फैसलासँगै करीब ६ महिनादेखि आइजीपी नियुक्ति प्रकरणमा चलेको मुद्दा किनारा लागेको छ।

 

यअसघि सरकारले जयबहादुर चन्दलाई आईजीपी नियुक्त गरेपछि तत्कालीन  प्रधानन्यायधीश सुशीला कार्कीसहित पाँच न्यायाधीश सम्मिलित पूर्ण इजलासले परमादेश जारी गरेको थियो।





error: Content is protected !!