सुख्खा पहिरोले हिल्सा सडक अवरुद्ध, डोजरचालकलाई सकुशल उद्धार गरियो

नरजन तामाङ, हुम्ला,  हिल्सा सिमकोट जोड्ने सडक नाम्खा गाउँपालिका ५ मुचु तुुम्कोट सडकखण्डको चोर लाग्नमा सुख्खा पहिरो गएको छ । पहिरो जाँदा सडक विस्तारको क्रममा रहेका डोजर र चालकलाई सुख्खा पहिरोले पुरेको छ । सडक विस्तारकै क्रमम एक्कासी सुख्खा पहिरो खस्दा डोजर र चालक फसेको आयोजनाको इन्जिनीयर विजय थापाले जानकारी दिए । पहिरोमा पुरिएका चालकलाई सडक विस्तारमा काम गरिरहेका कामदारको सहयोगमा एक घण्टा भित्रै सामान्य  अवस्थामा उद्धार गरिएको इन्जिनीयर थापाले बताए ।

सरदरमुुकाम सिमकोटबाट तीनदिन पैदल लाग्ने यो क्षेत्रमा सडक विस्तारका क्रमम परेका डोजर भने पहिरोमा फसेको बताइएको छ । पहिरोले अवरुद्ध सडक अहिले आवत जावतमा समस्या र दशैका लागि आवश्यक खाद्यान्न सामाग्री तथा लत्ताकपडा लगाएतका सामाग्री खरिद गर्न समस्यमा भएको नाम्खा गाउँपालिका ५ तुम्कोट मुचुका व्यापारी गिर्मे लामाले बताए ।

पहिरोले २५ मिटर माथिबाट खसेको जनाइएको छ । कात्तिकसम्म सडक विस्तार गर्ने लक्ष्य रहेको आयोजना पहिरोले थप जटिल बनाएको छ ।  हिल्साबाट तुम्कोटसम्म सडक विस्तार भएपछि चीनको ताक्लाकोट हुँदै दैनिक उपभोग्य सामाग्रीहरु ढुवानी गर्ने गरिएको यो सडकखण्ड अवरुद्ध हुँदा नाम्खा गाउँपालिकाका स्थानीय मर्कामा परेका छन् ।

 





error: Content is protected !!