आयोगद्वारा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक हेर्नुस यस्तो छ तालिका

काठमाडौं – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आज सोमबार बसेको आयोगको बैठकले आगामी प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि निर्वाचन कार्यक्रम स्वीकृत गर्दै कार्यतालिका सार्वजानिक गरेको छ ।
साथै, आयोगको आज बसेको बैठकले उक्त निर्वाचनको लागि २०७४ मंसिर १० गते आइतबार र २०७४ मंसिर २१ गते बिहीबारको दिन बिहान ७ बजे देखि ५ बजेसम्म मतदानको समय निर्धारण गर्ने निर्णय समेत गरेको छ ।
आयोगबाट स्वीकृत कार्यतालिका बमोजिम समानुपातिक निर्वाचन प्रणालीका लागि २०७४ साल भदौ २४ गतेबाट र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको पहिलो चरणका लागि मिति २०७४ साल कार्तिक ५ गतेदेखि कार्तिक ८ गतेसम्म र दोस्रो चरणको निर्वाचनका लागि २०७४ साल कार्तिक १६ गतेदेखि कार्तिक १९ गतेसम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेको जनाएको छ ।
आयोगबाट स्वीकृत प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणाली र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको २०७४ मंसिर १० र २१ गते हुने निर्वाचन कार्यक्रम तालिका यस्तो छः



