जिल्ला वाल कल्याण समिति को वैठक सम्पन्न

जाजरकोट । जिल्ला वाल कल्याण समिती जाजरकोट को वैठक वसी विभिन्ना निर्णय गर्दै सम्पन्ना भएको छ । जिल्ला वाल कल्याण समिति जाजरकोटका अध्यक्ष एवं निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज शर्मा को अध्यक्षतामा वसेको वैठकमा पहीलोपटक पदेन सदस्यको रुपमा आउनुभएका जिल्ला समन्वय समिति जाजरकोटका संयोजक मन वहादुर रावल लाइ हार्दीक स्वागत गरीएको थियो ।

वैठकले राष्ट्रिय वाल दिवस २०७४ को अवसरमा नगर क्षेत्र भित्रको जनता प्रावि पर्सेनी भुर मा रहेका वालवालीकाहरुलाइ कपीकलम वितरण गर्नुका साथै वालवालीकाहरु सँग वालअधिकार र वावालीका का समस्या सम्वन्धि अन्तरक्रिया गरी मनाइने निर्णय गरेका छ । त्यसका लागी जिल्ला वाल कल्याण समितिको तर्फवाट महिला तथा वालवालिका कार्यालयले रु दश हजार वरावर र युवा जागरण विकास केन्द्र नेपाल (यार्सन ) जाजरकोटले रु पाँच हजार गरी पन्ध्र हजार वरावरको स्टेशनरी सामाग्री उपलव्ध गराउने भएका छन । त्यस्तै केन्द्रीय वाल कल्याण समिति को परीपत्रअनुसार अन्तराष्ट्रिय वालदीवस मनाउने सन्दर्भमा निवन्ध प्रतियोगीता सन्चालन गर्ना जिल्ला शिक्षा कार्यालय मार्फत सवै माद्यमीक तहका विद्यालयहरुमा पत्राचार गर्ने निर्णय भएको छ ।

तयस्तै वैठकमा जिल्लामा वालवालीका सम्वन्धि काम गर्दै आएको संस्था युवा जागरण विकास केन्द्र नेपाल (यार्सन) जाजरकोटको कारितास नेपाल सँगको साझेदारीमा जिल्लाका भेरी नगरपालीकाका वडा नं १ र २ तथा कुशे गाउँपालिकाका वडा नं ५ र ७ मा सन्चालीत युवा तथा वालवालीका सशक्तिकरण कार्यक्रम अन्तरगतको चालु आव २०७४।०७५ ( जुलाइ २०१७ देखी जुन २०१८) मा सन्चालन गरीने कार्यक्रम तथा वजेट जिल्ला कार्यक्रम संयोजक सहदेव बस्नेतले प्रस्तुत गर्नु भएको थीयो । जस अन्तरगत द्धन्द प्रभावित र पिछडिएका यूवा तथा बालवालिकाहरुको सशक्तिकरण गर्दै शान्ति तथा आत्मासम्मानका साथ जीउना पाउने वनाउने लक्षका साथ सन्चालीत कार्यक्रम वाट बाल संरक्षण र सशक्तिकरणको लागि बालवालिका ,शिक्षक तथा अभिभावकको क्षमता विकास गर्ने ।

जनवकालत तथा जनचेतनाको माद्यमवाट जिल्ला तथा स्थानिय स्तरमा युवा तथा वालवालिकाहरुको अधिकारको संरक्षण र प्रवद्र्धन गर्ने र युवाहरुको व्यावसायिक सीप र क्षमतामा सुधार ल्याउने उद्येश्य रहेकोछ । जस अन्तरगत कार्यक्रमले दश वटा विद्यालयमा वाल क्लव सँग र दश वटा वस्तिमा रहेका १० वटा युवा क्लव सँग साझेदारका साथ कार्यक्रम सन्चालन गर्ने र सोक्रममा सवै साझेदार निकायहरुसँगकको समन्वय तथा साझेदारीमा कार्यक्रम कार्यान्वयनमा ल्याइने संयोजक वस्नेतले वताउनु भएको छ ।

 

 





error: Content is protected !!