झूटो विवरण देखाएर भुक्तानी

जाजरकोट , बाल मावि झाप्राले झूटो विद्यार्थी विवरण देखाएर पाठ्यपुस्तक तथा छात्रवृत्तिको रकम लिएको छ । विद्यालयले जिल्ला शिक्षामा पठाएको विवरण झूटो भएको रहस्य खुलासा भएको हो । मावि झाप्राले विद्यालयको हाजिर रेकर्डमै नभएका विद्यार्थी विवरण देखाएर पाठ्यपुस्तक, छात्रवृत्ति, शैक्षिक सामग्रीलगायत शीर्षकमा रकम निकासा लिने गरेको छ । प्रधानाध्यापक विनोद शाहले १ कक्षादेखि ४ सम्मका विद्यार्थी संख्या कम भए पनि बढी देखाएर शिक्षाबाट पाठ्यपुस्तक तथा छात्रवृत्ति रकम निकासा लिने गरेको शिक्षक पृथ्वीबहादुर सिंहले बताए । कक्ष १ मा ४ विद्यार्थी छन् तर जिल्ला शिक्षाको अभिलेखमा १० जना रहेको देखाइएको छ । प्रअ शाहले छात्रवृत्ति, एसआईपी सामग्री व्यवस्थापन, बुक कर्नर, पाठ्यपुस्तकलगायत शीर्षकमा निकासा भएको रकम दुरुपयोग गरेको सिंहले बताए ।

 

 





error: Content is protected !!