करौडौ मूल्यका सोलार सदरमुकामबाटै गायव !

हुम्ला । सदरमुकाम सिमकोटमा विद्युत सेवा सञ्चालन हुनुभन्दा पहिला जडान गरिएका करौडौ मूल्य पर्ने सोलार एक्कासी हराएका छन् ।

जिल्लामा हिल्दुम खोला विद्युत सेवा सञ्चालन नहुँदा पहिला सोलारले नै सदरमुखकाम सिमकोट बजारलाई ऊज्यालो पारेको थियो ।

हाल सिमकोटमा हिल्दुमखोला जलविद्युत सञ्चालन भएपनि जिल्लाका धेरै सेवागा्रहीहरुले लोडसेटिङको मारमा पदै आएका छन ।

जिल्लामा रहेका करौडौ सोलार जिल्लास्थित सरोकारवाला निकायहरुले चासो नदिदा स्थानीय जनताहरु चिन्तीत भएका देखिन्छन । सोलारहरु धेरै जसो चोर लिएपनि केही सिमीत मात्रै थन्काइएको स्थानीय बासिन्दाहरको भनाई छ ।

सुरुमा हिल्दुमखोला विद्युत निर्माण नहुदा विद्युत प्राविधिकरणको कार्यलय भएको क्षेत्रमा टाँगिएरका भएपनि हाल एउटा पनि सोलार प्लेट ब्याट्रि भने देखिदैनन । सोलारका प्लेट हराएपछि हाल सम्म सरोकारवालाहरुले यसको खोजनिती भने गरेको देखिदैन ।

जिल्लामा आउने जाने स्थानीय बासिन्दाहरुले सुरुमा सोलार प्लेटहरु टाँगिएको देखिएपनि हाल आएर कस्ले कहाँ लिएको भन्ने थाहा नभएको गुनासो गर्ने गरेका छन ।

 

लोडसेडिङ्ग भएको बेलामा सोलारलाई पनि प्रयोग गरेको भए जनताहरुलाई राहत महसुस हुने सिमकोट गाँऊपालिका ठेहे ५ का नर बहादुर भणडारीले गुनासो गरे ।

उनले भने विद्युत नहुदा सोलारले बजार भरी ऊज्यालो दिने काम भएकै थियो । अहिले विद्युत हुदा पनि लोडसेडिङ्गको मार जनता पदै आएको बताए । जिल्लामा रहेका करौडौ सोलार कहाँ गए कस्ले चोरी लिएको भन्ने विषयमा सरोकारवाला निकायहरु मौन देखिने गरेका छन ।

उता विद्युत प्राविधिकरण कार्यलय हुम्ला इन्र्चाज कल बहादुर बोहोरा सोलारको बारेमा आफुलाई केही थाहा नभएको सोलारका ब्यट्रि डयामेज भएको बताउदै उनले भने जिल्लामा रहेका सोलारहरु कहाँ गए के भए भन्ने विषमा आफुलाई केही थाहा नभएको बताए । केही सोलार स्टोरमा छन ।

केही चोरी भएर गाँऊका मानिसले लिएर गए विद्युत प्राविधिकरणका इन्र्चाज बोहोराले बताए । जिल्लाका सरोकारावाला निकायहरु मौन हुनुले राज्यको करौडौ लगानीमा निर्माण गरिएको सोलार जिल्लाबाटै गायब भएका छन । यसप्रति कसैले चिन्ता र चासो दिएको पाइदैन ।

फोटो नरजन तामाङ





error: Content is protected !!