मान्छे जिउदै हुदा यती ढाटे पछि मरेको भए कति ढाट्थे होला

कालीवहादुर मल्ल
हिजो आज जाजरकोटमा बिकास निर्माण र बिकास प्रेमि का चर्चा चल्या रहेछ यो खुसिको कुरा हो।यो अनाबश्यक चर्चा र पक्षधरता ले ठिक ठाउमा कसैलाई कहि पुर्याउदैन।आखिर जसले गरे पनि बिकास हो त्यो जिल्ला को पुजि,इज्जत र सुविधा हो।
तर यता प्रचार को होड बाजि ले कसैको लंगौटि धोए सरह हुन्छ।२०६४ का प्रतिधि को नाम त कहि बाट आएन खैर ठिक छ हाम्रो कर्तब्य थियो प्रसंसा जनताको वोट नै काफि थियो।तै पनि कान्दानि समात्ने ले ध्यान दिनु पर्यो कि राकम को पुल ०६४ का सभासद जसले रेकर्ड तोड्यो उसले भौतिक मन्त्रालय सचिव पुर्ण कडरिया लाई जाना कारि दिएर १५ दिनको म्याद ठेकेदार लाई दिएर मेसिन पठाई काम सुरु गरायो ।ईन्जिनियरिङ खराबिले ३ बर्ष पछि परि पोहर साल बन्यो।कालो पत्रे गर्ने काम माननीय झलक नाथ का पालामा पोखरे सम्म थियो ०६४ को सभासद ले फेरि पुर्ण कडरिया संग सल्लाह गरि ५ छान्नु पर्ने मा चौथोमा जाजरकोट र पाचौंमा शितल पार्टी थियो रेकर्ड हेर्नू।नल गाड जल बिद्युत बारे गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री क प्रचण्ड लाई जाजरकोट बासिको तर्फ बाट सभासद को नेतृत्मा ईन्जिएर निरज शाह समेत काठमाडौ स्थित जाजरकोटि लिएर नल गाड माग पेश गरियो र सोहि साल २० लाख छुट्याई काम शुरु भो र बाबराम प्रधानमन्त्री हुदा समिति मोडेल बनाई शेर बहादुर शाहि लाई अध्यक्ष र कमल पाण्डे लाई सदस्य सभासद को शिफारिमा भो ।स्मरण रहोस जाजरकोट को प्रतिनिधि मण्डल मा बर्तमान सांसद राजिव बिक्रम शाह लाई पनि लिईएकोमा प्रधानमन्त्री प्रचण्ड को भेटघाट कक्षमा पुग्नै लाग्दा राजिव शाह ले यो बहिष्कार रहेछ फोन आयो भनेर भाग्नु भो।
जाजरकोट जुम्ला सडक ०६४ कै सभासदको योजना हुन र क बर्षमान पुन अर्थ मन्त्रि हुदा पुर्ब ३ करोड र पश्चिम १ करोड ३५ लाख हालिएको हो तब देखि बजेड बढेको छ।जाजरकोट उज्यालो कार्यक्रम आ ब ०६५र०६६ को हो त्यति बेला को थियो झाडा पखाला मा स्वास्थ्य मन्त्री देखि डा बाबुराम लाई स्थलगत अध्ययन र क प्रचण्ड को अगुवाईमा रत्न पार्कमा तन्ना समातेर माग्न र पार्टी का सभासद बाट उठाईयो जसमा ५०००नगद १ प्याक चामल र कपडा बितरण पत्रकार लाई जानाकारि दिएर गरियो।भने दरबारियाहरु राजिब शाह सहित त्रि वि किर्तिपुरमा भेला भै अलग संगठन बनाई पैसा उठाएर हेलिकेप्टर घुमाएको धेरैलाई थाहा नहुन सक्छ।माफ गर्नु होला त्यति बेलासम्म माननीय राजिव शाह अन्तै हुनुहुन्थ्यो।त्यो उहाको ईच्छा को कुरा हो।
जहासम्म हस्पिटलको कुरा हो क शकति स्वास्थ्यमन्त्रि हुदा दशेरा र दल्लि को माग फाराम भर्ने तत्कालिन सभासद हो।त्यो केहि ढिला भो।गोजि खोला देखि बैरितालसम्म का सडक पुल तत्कालिन सभासदका योजना हुन बिश्वास नलागे ईन्जिनिएर दिपक के सि लाई फोन गरि बुझ्न सकिन्छ।
तर मान्छे जिउदै हुदा यती ढाटे पछि मरेको भए कति ढाट्थे होला



