डोल्पा अस्पतालमा बन्यो पहिलो सुविधासम्पन्न सालनाल बिसर्जन गृह

रामचन्द्र न्यौपाने
, डोल्पा
डोल्पा सदरमुकाम दुनै स्थित जिल्ला अस्पतालमा सुविधा सम्पन्न प्लासिन्टा पिट सालनाल बिसर्जन गृह निर्माण गरिएको छ ।नेपाल रेडक्रस जिल्ला शाखा र जिल्ला अस्पताल बिकास समितिको संयुक्त प्रयासमा प्लासिन्टा पिट ९सालनाल बिसर्जन गृह निर्माण गरिएको हो । रेडक्रस सोसाईटी जिल्ला शाखाको २ लाख ८० हजार र अस्पताल बिकास समितिको १ लाख सहित ३ लाख ८० हजारमा उक्त प्लासिन्टा पिट निर्माण गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा डोल्पाका संयोजक टेकम वलीले जानकारी दिए ।
जिल्लाका प्रसुती गृह स्थापना भएका सम्पुर्ण स्वास्थ्य केन्द्रहरुमा अनिवार्य रुपमा प्लासिन्टा पिट निर्माण गरिनुपर्ने नीति रहेको संयोजक वलीको भनाई छ ।“यसभन्दा अगाडि जिल्ला अस्पतालमा प्रसुती भएका महिलाहरुको सालनाल सामान्य माटे खाडलमा विसर्जन गर्नुपर्ने बाध्यता थियो,अहिले प्लासिन्टा पिट निर्माण भएर संञ्चालनमा आएपछि सालनाल विसर्जन गर्न सहज हुनुका साथै अस्पताल परिसरको वाताबरण समेत स्वच्छ भएको छ’ जिल्ला अस्पताल प्रमुख श्रीकान्त अग्रवालले बताए ।
जिल्लामा यस भन्दा अगाडि सामान्य माटोको खाडलमा विसर्जन गर्ने गरेता पनि व्यवस्थित तरीकाले निर्माण भएको प्लासिन्ट पिट भने थिएन् । उक्त आधुनिक प्रकारको प्लासिन्टा पिट नै जिल्लामै पहिलो पटक निर्माण भएको बताइएको छ



