सांसद शाहलाई डाक्टरको खुल्ला पत्र
माननिय ज्यु नमस्कार
आराम छु ,जाजरकोटि जनताको आशिर्वादले आराम नै हुनुहोला भन्ने आशा राख्दछु । जिल्लाको एकजना नेता र वहालवाला सांसद् भएकाले तपाईलाई म राम्रो सँग चिन्दछु तर तपाई र मेरो औपचारिक चिनजान नभएकाले तपाईले मलाई चिन्नुहुन्न भन्ने कुरामा म ढुक्क छु । आशा छ तपाई र मेरो चिनजानको औपचारिक माध्यम यहि खुला पत्र वन्ने छ।
माननिय ज्यु म जाजरकोट कै माटोमा हुर्के ,वढेँ खेलेँ ,यहिँको वातावरण लाई स्वर्ग सम्झेँ ,भाग्यवश यहिँको माटोलाई कर्मभुमि वनाउन पाएँ त्यसकारण यो माटोको औधि माया लाग्छ मलाई । भनिन्छ जसको माया लाग्छ त्यसप्रतिको चासो र चिन्ता स्वभाविक रुपमा वढ्ता लाग्छ रे । हो मलाई पनि यो जाजरकोटको माया सँगै यससँग जोडिएर आउने हरेक विषयमा अलि वढि नै चासो लिने वानि लागेको छ । माननिय ज्यु हिजोआज सामाजिक सन्जाल फेसवुकमा जाजरकोट को पश्चिम भेगमा पर्ने वडावनमा थलह वजारको माथि राजिव शाहले सामुदायिक अस्पताल खोल्दै हुनुहुन्छ भनेर हस्पिटलको नमुना नक्सा भएको फोटो धेरै जाजरकोटिहरुको फेसवुक वालमा पोष्ट र सेयर भएको देख्छु । साँच्चै भन्नेहो भने मुलसाम र डौँरिकाँडामा फैलिएको भाईरल ज्वारो भन्दा वढ्ता भाईरल छ यो फोटो फेसवुकमा अनि आलोचना र समर्थनको चर्को वहसको विषय पनि ।
सुनेको थिएँ २०७० को चुनावि नारा थियो रे तपाईको यो हस्पिटल खोल्ने र तपाईले चुनाव जितेको केहि महिना पश्चात नै जिल्ला जनस्वास्थ्य कार्यलयवाट अनुमति पत्र पनि लिईसक्नु भएको थियो रे तर अनुमति लिएको करिव करिव ३ वर्ष पछि करिव करिव तपाईको कार्यकाल सकिने समय आउनैलाग्दा र नयाँ चुनाव हुनैलाग्दा अस्पताल वनाउन सुरुवात गर्ने साईत जुरेछ यसको लागि तपाई प्रति आभार प्रकट गर्दछु । ढिलै भएपनि सुरुवात गर्ने जोस् पलाएछ तपाईमा । माननिय ज्यु तपाईको यस कार्यको केहि व्यक्ति ले खुवै चर्चा र परिचर्चा गर्दै अन्धभक्त व्यवहार देखाएका छन् भने कतिले आलोचना को मिठो विषय ।जसले जे वनाए पनि चुनावि माहोलको एउटा खुराक वनाएका छन् । माननिय ज्यु दुखःका साथ भन्छु यो विषयले न म खुशि छु न दुखि । खुशि त्यतिवेला वन्ने छु जव तपाईलेअस्पताल वनाएर त्यस अस्पताल वाट दिने सेवा सरकारि अस्पतालवाट दिने सेवा जस्तै सुलभ र निशुल्क सरकारकै अन्तरगत रहने गरि नगर सरकार वा केन्द्र सरकार तर व्यवस्थापन चुस्त र दुरुस्त वन्यो भने मात्र । सामुदायिककै जो प्राईभेटकै एक रुप हो रुपमा रह्यो भने मन खिन्न हुनेछ । माननिय ज्यु यहि अस्पताल सन्दर्भमा रहेका मेरा केहि जिज्ञाशा छन् जुन तपाईले मेटाउनुहुनेछ छैन थाहा छैन तर तपाईका अनुयायिहरुले मेटाउन जन्मैदेखिको वल र वर्कत निकालेर तर्क कुतर्क जे गरेर भएपनि मेटाउन प्रयास गर्नेछन् भन्नेमा म पूर्ण रुपमा ढुक्क छु । माननिय ज्यु तपाई एक जनप्रतिनिधि तपाई त राज्य मातहतमा रहेका राज्यका स्वास्थ्य सँस्थाहरु वाट दिईने सेवाको स्तर र गुणस्तर सुधार्न र तिनको प्रभावकारिता वढाउन जोड दिन लविङ् र वकालत गर्नु पर्ने हैन र रु तर यसको साटो राज्यका सँस्थालाई कमजोर वनाउन केहि न केहि रुपमा महत्वपुर्ण भुमिका खेलेका प्राईभेट कम्पनि कै एउटा रुपमा रहेका सामुदायिक अस्पतालहरु को एउटा सङ्ख्या वढाउन तम्सिनु ले मेडिकल क्षेत्रमा मौलाएको निजिकरण प्राइभेटाईजेसन्० लाई वढावा दिनु भएन र
हरेक क्षेत्रको निजिकरण मा जनता हैन केहि निश्चित वर्ग मात्र लाभान्वित हुन्छन् भन्ने कुरा तपाई जस्तो विपिको समाजवाद पढेको वुझेको मान्छे लाई हेक्का नै होला । माननिय ज्यु , तपाईलाई जाजरकोटको समाजको आर्थिक र सामाजिक अवस्था वारे मैले वुझाईराख्न पर्दैन केहि वर्ष पहिले विविसि साझा सवालकि प्रस्तोता विध्या चापागाई सँगको प्रस्तुतिमा कलिला मुनाहरु र प्रौढहरुको अवस्था देखेर तपाईका रसाएका आँखा भिडियोमा देखेका जोकोहिले पनि तपाई समग्र जाजरकोटि समाजहरुको वारे जानकार नै हुनुहुन्छ भन्ने अन्दाज गर्न सक्छ । हो भोलि तपाईले खोलेको अस्पतालमा तिनै मुनाहरु जसका वावु चर्को व्याजमा ऋण काढेर विदेशिएका छन् ,तिनै अवोध महिलाहरु जसका पतिहरु नुन तेल को जोहो गर्न सिम्लामा स्याउका पेटि ले ढाडका छाला उतार्दैछन् . उपचारका लागि अस्पताल आउँदा भोको पेटमा आउनु पर्ने र सुन , घरखेत वन्धकमा राखेर पैँसाको जोहो गरेर आउनु पर्ने भयो भने रसाउने तपाईका आँखा सामु तपाईको मनले कसरि कठोर वनेर पैँसा असुल्ने हो म सोच्न पनि सक्दिन । म यसो किन भन्दैछु भने माननिय ज्यु नेपालमा के चलन छ भने सामुदायिक भनेर अस्पताल खोल्यो अनि डोनर र सँस्था वाट पैँसा सरसहयोग पाउन सजिलो भयो तर कर्मचारि देखि व्यवस्थापन मा जनता वाट ढाड सेकिने गरि असुल्यो । यस्तो चलन वाट तपाईले परिकल्पना गरेको अस्पताल अछुतो रहने आधार के छ माननिय ज्यूरु मलाई दुखः लागेको छ समाजसेवालाई वढावा दिन्छु भन्ने तपाईले पश्चिम क्षेत्रमा रहेको प्राथामिक स्वास्थ्य केन्द्रको सेवालाई विस्तार गरि अस्पताल वनाउन वा सरकारि स्वामित्वमा रहेको नयाँ अस्पताल खोल्न राज्यलाई झकझक्याउन सँसद्को रोष्टमवाट कुर्लिनुपर्नेमा तपाई राज्यसँग हार खाएर निरास वनेर आफ्नो सम्पति लगानि गर्दैहुनुहुन्छ नाफाको आसमा ।
म चहान्थेँ तपाईले जुन श्रोत साधन ले सामुदायिक अस्पताल खोल्न लालयित हुनुहुन्छ त्यो श्रोत र साधनको उपयुक्त प्रयोग गरि गर्खाकोट प्राथामिक स्वास्थ्य केन्द्र वाट विशेषज्ञ डाक्टरले सेवा दिने व्यवस्था होस् तर यो चहाना चहानामै सिमित हुनेछ । मलाई थाहा छ माननिय ज्यु तपाई ले राजनिति गर्न दिनुपर्ने समयले तपाई व्यस्त हुनुहुनेछ र तपाई आफै उक्त अस्पतालको व्यवस्थापकिय भुमिकामा प्रत्यक्ष रहन सक्नुहुनेछैन र अरु कसैलाई विश्वासमा जिम्मा लगाउनुपर्ने छ । त्यो व्यक्ति माफियाहरुको चुँगुलमा वेरिदैन भन्ने के आधार छ किनकि त्यो सामुदायिक जो रहनेछ । यो त तपाईले प्रतिनिधित्व गर्ने क्षेत्रमा खोलिने भनिएको अस्पताल वारेको जिज्ञासा हो ।अव माननिय ज्यु समक्ष सदरमुकाममा अवस्थित जाजरकोट अस्पतालको अवस्था वारे दर्शाउने छु । तपाई प्रतिनिधित्व एक क्षेत्रको गरेपनि जिल्लाकै एक नेताहो भन्ने रुपमा मैलेवुझेकाले दर्शाउने कोसिस गर्दैछु कृपया झर्को नमानि पढिदिनुहोला। साविकको १५ सैयाको जाजरकोट अस्पताललाई ५० सैया को रुपमा स्तरवृद्दि भएको घोषणा करिव २ वर्ष अघि नेपाल सरकारले गरेको कुरा त जगजाहेर नै होला तपाईलाई । घोषणा घेषणामा मात्र सिमित छ , अहिलेसम्म ५० सैयाको लागि न भौतिक पुर्वाधार वनाउन सुरु भएको छ , न उपकरणको जोहो गरिएको छ नत एक जना पनि विशेषज्ञ डाक्टर दरवन्दि चाँहि ८ जना विशेषज्ञको छ । अहिलेको जस्तै पुर्वाधार रहि रहे हाम्रो नाति पुस्ताले पनि जाजरकोटमै विशेषज्ञ डाक्टर वाट सेवा पाउने छैनन्। माननिय ज्यु मैले सुनेको साँचो हो भने तपाईले खोल्ने भनेको अस्पताललाई रोटरि क्लव लगाएत अन्य दातृ सँस्थाले उपकरण र औजारहरु उपलव्ध गराऊँदैछ रे । ति उपकरण र औजारहरु राज्यले गर्ने उपहासको नियतिले टोलाईराखेको जाजरकोट अस्पताल लाई उपलव्ध गराईदिन सकेको भए भोलिका दिनमा जनताले उपचार गर्न भोको पेट वस्नुपर्ने र ऋण काढ्ने वाध्यता टर्थ्योकि माननिय ज्युरु तपाईलाई थाहा छ माननिय ज्यु जाजरकोटि जनतालाई ५० सैयाको सुविधा नपाएको पिडा त छँदैछ त्यसमाथि पनि अवका केहि दिन पछि जाजरकोट अस्पतालवाट निःशुल्क पाउने ७० थरिका औषधि पनि नपाउने वाला छन् जनताले किनकि ५० सैयालाई नि स्शुल्क औषधि नेपाल सरकारले उपलव्ध गराउँदैन रे नेपाल सरकारले नियमानुसार ।
यसले झन् कति पिडा थप्ने हो जनतालाई म सोच्न पनि सक्दिन । तपाईले सामुदायिक अस्पतालमा गर्ने भनेको लगानिको केहि हिस्साले सरकारि अस्पतालमा कोष खडा गरि जनतालाई औषधिमा केहि सहुलियत गर्न सकेको भए तपाईले सामुदायिक अस्पताल खोल्नु भन्दा वढ्ता समाजसेवा हुनसक्दैन थियोहोला र रुलेख्नुपर्ने कुरा त धेरै थिए माननिय ज्यू तर पत्र पत्र जस्तो नहोला भन्ने लागेर टुङ्गाउन खोज्दैछु । मिल्यो भने कुनै दिन जाजरकोटको स्वास्थ्य स्थितिवारे वसेर भलाकुसारि गरौँला । अन्त्यमा सुधार गर्नु पर्ने सरकारि स्वास्थ्य सँस्था धेरै हुँदाहुँदै तपाई जस्तोसमाजसेवि नेताले पनि सामुदायिकमा हातहाल्नु अलि असान्दर्भिक होकि जस्तो लागको हो मलाई । चुनावि माहोल छ यो माहोल तताउन को लागि मात्र यो सामुदायिक अस्पताल खोल्ने कुराले फेसवुकमा चर्चा पाएको नहोस् सफलताको शुभकामना । धन्यवाद।
तपाईको भलो चहाने
डाभूपेन्द्र प्रकाश मल्ल भैरव
भेरि नगरपालिका ४ जाजरकोट