नगरपालिकाको एकीकृत सम्पत्ती कर आज देखि कार्यन्वयन

जाजरकोट , भेरी नगरपालिकाले आज देखि एकीकृत सम्पत्ती कर कार्यनवयनमा ल्याएको छ । बुधवार एक औपचारीक कार्यक्रमको आयोजना गरेर भेरी नगरपालिकाले एकीकृत सम्पत्ती कर कार्यन्वयनमा ल्याएको हो ।

एकीकृत सम्पत्ती करको सरिद काटेर माननिय जिल्ला न्याधीश लिलाराज अधिकारीले नगरपालिकाको एकीकृत सम्पत्ती कर कार्यनवयनलाई विधिवद रुपमा उद्घाटन गरेका थिए । कर कार्यन्वयनको पहिलो करदाताका रुपमा वडानं–४ का वडा अध्यक्ष खम्ब जंग शाह रहेका थिए । खम्ब जंग शाहले नगरपालिकालाई कर बाफत ८ हजार रुपैया बुझाएको रसिद काटेर माननिय जिल्ला न्याधीश अधिकारीले वडा अध्यक्ष शाहलाई रसिद हस्तान्तरण गरेका थिए ।

पहिलो करदाताका रुपमा रहेका वडानं–४ का वडा अध्यक्ष खम्ब जंग शाहको अचल सम्पत्ती (घर तथा जग्गा) ७३ लाख मुल्य बराबरको रहेको भेरी नगरपालिकाले मुल्याङकण गरेको छ ।

नगर क्षेत्र भित्र छहरिएर रहेको जग्गा, जमिन, घर, टहराहरुको मुल्याङकण गरेर नगरपालिकाले लगाउने कर नै एकीकृत सम्पत्ती कर भएको भेरी नगरपालिकाका कार्यकारी अधिकृत राम प्रशाद शर्माले वताए । व्यक्तिका नामा दर्ता भएको अचल सम्पत्तीका रुपमा रहेको जग्गा र जग्गा भित्र बनेको संरचनाको मुल्याङकण गरेर लगाईने कर नै एकीकृत सम्पत्ती कर भएको अधिकृत शर्माले ठोकुवा गरे ।

नगरपालिकाको मुख्य आर्थिक श्रोतका रुपमा रहेको एकीकृत सम्पत्ती करलाई व्यबस्थित गर्नु पर्नेमा भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश (सिपी) घर्तीले जोड दिए । विकशित देशहरुका हरेक नागरिकहरुले राज्यको कानुनलाई पालना गर्न, राज्यलाई तिर्नु पर्ने कर बुझाउन इमान्दारिता कायम गर्ने गरको वताउदै प्रमुख घर्तीले नागरिक सुरक्षामा पनि हरेक नागरिक सम्वेदनशिल बन्नु पर्ने बताए ।

नेपालको संविधान २०७२ ले नेपाली नागरिकहरुलाई ३२ वटा मौलिक हकको ब्यबस्था गरेको चर्चा गर्दै, प्रत्येक नेपाली नागरिकले आफ्नो कर्तव्य पनि पुरा गर्नु पर्ने नेपाल पत्रकार महासंघ, जाजरकोटका अध्यक्ष भीमबहादुर सिंहले वताए । स्थानिय तहलाई बुझाउने कर प्रत्येक नागरिकको कर्तव्य भित्र पर्नेमा अध्यक्ष सिंहले जोड दिए ।





error: Content is protected !!