कालीकोट अस्पतालको अध्यक्षमा कृष्णबहादुर सिंह नियुक्त

देवीराम देवकोटा
काठमाडौं , । कालीकोट जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा कृष्णबहादुर सिंह गुराँस नियुक्त भएका छन् । सिंहलाई स्वास्थ्य मन्त्रालयले २ बर्षका लागी नियुक्त गरेको हो । मन्त्रालयले कालीकोट अस्पताल विकास समिति गठन आदेश २०६९ को दफा ३.२ को क बमोजीम २ बर्षको कार्यकाल रहने गरि अध्यक्षमा नियुक्त गरेको हो । सिंह तत्कालीन नेकपा माओवादीले गठन गरेको पुर्व जनमुक्तीसेना छैटौ डिभिजन स्वास्थ्य बिभाग प्रमुख समेत थिए । कालीकोट ओदानकु ६ डिल्लीकोटका स्थाई बासीन्दा सिंह आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक कार्यान्वयन गर्नसक्ने व्यक्तिका रुपमा चिनिन्छन् । कालीकोटका हरेक गाउँबस्तीमा परिचित सिंहले नयाँ जिम्मेवारीलाई कुशलतापूर्वक वहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।



