जाजरकोटमा काँग्रेसको संगठन विस्तार अभियान तिव्र

जाजरकोट। नेपाली काँग्रेस बारेकोट गाँउपालिका जाजरकाटेले गाउँपालिका स्तरिय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम संचालन गरिरहेको छ ।
काँग्रेसको संगठन सुदृढिकरण तथा विस्तार अभियान अन्तर्गत बारेकोट गाउँ पालिकाका ९ वटौ वडामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरिएको क्षेत्रीय सभापति तथा गाउँ पालिकाका अध्यक्ष महेन्द्र शाहले बताए । यही भदौ १४ गते लिम्सावाट सुरु भएको भेला तथा प्रशिक्षण कार्यक्रम भदौ १५ गते रामिडाँडा, १७ गते मुल्सामा, १९ गते जिरीमा भएको छ ।
अव भोली भदौ २० गते मैना माँडिचौर, २१ गते सिलिंगिचौर, २२ गते घर्तिगाँउ, २३ गते वस्याँला पातिहाल्न, २४ गते सेपुखोला र २५ गते सक्लाचौर सक्लामा हुने नेपाली काँग्रेस बारेकोटले जनाएको छ ।कार्यक्रममा नेपाली काँग्रेस जाजरकोटका युवा नेता बेदराज सिह र क्षेत्रीय सभापति शाहले प्रशिक्षण दिदै आएका छन ।
अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा युवा नेता सिहले एकजुट भएर संगठन विस्तार र सुदृढिकरणमा जुटन कार्यकर्तालाई सुझाव दिएका छन ।
प्रदेश र संघको निर्वाचनमा जाजरकोटवाट नेपाली काँग्रेसले जित्ने दावी गदै उनले उच्च मनोवलका साथ पार्टी निर्माणको अभियानमा जुटन पनि कार्यकर्तालाई आग्रह गरे ।यस्तै क्षेत्रीय सभापति महेन्द्र शाहले संघ र प्रदेशको चुनावमा जाजरकोटमा काँग्रेस एक नम्वरको पार्टी हुने दावी गरेका छन
उनले जाजरकोटको विकासको लागि नेपाली काँगेस पार्टीले सधै नेतृत्वदायी भुमिका निर्वाह गदै आएको पनि उल्लेख गरे ।
यस्तै नेपाली काँग्रेस जाजरकोटले यही भदौ २८ गते नलगाड नगरपालिका पनि अगुवा कार्यकर्ता भेलाको आयोजना गर्न लागेको जनाएको छ ।कार्यक्रममा पार्टी सभापति दिपकजंग शाह, सांसद राजीवविक्रम शाह, युवा नेता वेदराज सिह, महिला नेतृ मैना कार्की, क्षेत्रीय सभापति महेन्द्र शाह, अगुवा नेता विनबहादुर सिह लगायतको सहभागीता हुने वताएको छ ।





error: Content is protected !!