प्रहरीद्धारा क्षेत्रपाटीबाट ४४ करोडको सुन बरामद

काठमाण्डौँ । प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको छ । उक्त सुन सोमबार चाइनाबाट रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्राइएको हो । बा। १७ च ६४२७ नम्बरको गाडिमा सुन ल्याएको सूचनाको आधारमा प्रहरीले निगरानी बढाएको थियो ।
चालक मनोज अधिकारी सहित गाडिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इतिहासमै नेपाल प्रहरीले पहिलो पटक ठूलो मूल्यको सुन बरामद गरेको हो । उक्त सुनको मूल्य नेपाली बजारमा ४४ करोड रुपैयाँ पर्छ । सुन तस्करीका मालिक भने फरार रहेको एसएसपी दिवेश लोहनीले महानगरीय अपराध महाशाखामा पत्रकार सम्मेलन गरी जानकारी दिए ।



