न्याय खोज्दै विद्यार्थी सदरमुकाम

जाजरकोट । यहाँको वाल उच्च मावि छेडागाड ११ का विद्यार्थीहरु न्याय माग्दै सदरमुकाम पुगेका छन् । प्रधानाध्यापक पृथ्वीवहादुर सिंह ले कक्षा कोठामा कुटपिट गरि मानसिक याताना दिएको भन्दै उनीहरु सदरमुकाम पुगेका हुँन् ।
आफुलाई प्रधानाध्यापक भएको स्वीकार गर्न दवाव दिदै सिंहले स्वीकार नगर्ने विद्यार्थीहरुलाई कुटपिट गरेको कक्षा ८ मा ललित सिंहले वताउनुभयो । सिंहले आफुलाई प्रधानाध्यापकमा स्वीकार नगर्नेलाई विद्यालयवाट निष्काशन गर्नुका साथै कुटपिटको धम्की दिदै कुटपिट गरेको सदरमुकाम न्यायमाग्दै आएका विद्यार्थी कक्षा १० का लोकेन्द्र भारतीले वताउनुभभयो । सिंहको श्रीमती साधना शाहीले पनि श्रीमान्ले गरेको निर्णय नमानेलाई घरमै गएर कुटपिट गर्ने धम्की दिदै विद्यार्थीलाई कुटेको भारतीले वताउनुभयो । विद्यालयमा सिंह अनुदान शिक्षक हँुन् । सो विद्यालयमा स्थायी शिक्षकहरु अन्य ३ जना भएपनि विद्यालय व्यवस्थापन समितिले सिंहलाई सावन २६ गते प्रअ वनाएको छ भने जिल्ला शिक्षा कार्यालयले सावन २२ गते विनोदकुमार शाहलाई प्रअ वनाएर पत्र काटेको छ ।
वरिष्ठको आधारमा वद्रीनाथ योगी प्रअ हुनुपर्ने अन्य शिक्षकको भनाई रहेको छ । उत्ता विद्यालय व्यवस्थापन समितिले भने विद्यार्थीको पढ्ने काम हो तर शिक्षक को ठिक , को वेठिक भनेर छुट्याउने काम नभएको प्रतिक्रिया दिएको छ । नतिजा आफ्नो पक्षमा ल्याउनका लागि विद्यार्थीलाई प्रयोग गरिएको विव्यसले दावि गरेको छ ।

 





error: Content is protected !!