सेनाले अन्तराष्ट्रिय विमानस्थल बनाउने काम पनि पायो

काठमाडौं– सरकारले नेपाली सेनालाई पहिलो पटक विमानस्थल निर्माणको जिम्मा दिएको छ । यसअघि देशका दुर्गम ठाउको सड्क निर्माणको जिम्मा पाएको सेनाले यसपटक भने बाराको निजगढमा बन्ने भनिएको अन्तराष्ट्रिय विमानस्थलको पेरिमिटर सडक बनाउने जिम्मा पाएको हो ।
सैनिक प्रवक्ता सहायकरथी झंकरबहादुर कडायतले बाहय पुर्वाधारको जिम्मा सेनालाई दिने सरकारको तयारी भएपनि पत्र भने नपुगेको बताए । ‘मैले पत्र पाएको छैन्, तर विमानस्थल बाहिरको पुर्वाधार बनाउने जिम्मा सेनालाई दिने गरी छलफल भने चलेको हो ।’ प्रवक्ता कडायतले भने ।
मन्त्रिपरिषदको विहिवार बसेको बैठकले सेनालाई ८० बर्गकिलोमिटर क्षेत्रफलको वरिपरि रोड बनाउन र रुख बुट्यान कटान गर्न जिम्मा दिने निर्णय गरेको हो । यसअघी तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको पालामा समेत काठमाडौं निजगढ दुर्तमार्ग बनाउने जिम्मा सेनालाई दिइएको थियो ।
सडक निर्माण जिम्मा पाएको सेनाले पहिलो पटक विमानस्थल निर्माणको पहिलो चरणको जिम्मेवारी समेत पाउन सफल भएको छ । सेनाले दुर्गम पहाडी जिल्लामा सडक निर्माणको काम पनि कुशलतापुर्वक सम्पन्न गर्दै आएको छ ।



