दशैंपछि बामदेव गौतम प्रधानमन्त्री !

काठमाण्डु, – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा सांसद रामेश्वर फुयाँलले सरकारले संविधान अनुसार निर्वाचन गर्नको लागि आवश्यक काम गर्न दिलचश्पी नदिएको आरोप लगाएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘निर्वाचन दुई चरणमा हुन सक्दैन्, सरकारको काम गराई हेर्दा निर्वाचन समयमै नगर्ने छाँट देखियो ।’
नेता फुयाँलले प्रदेश नम्बर २ मा आफ्नो पार्टी नै पहिलो हुने दाबी गरे । उनले भने,‘मुद्दाका हिसावले पनि मधेश र मधेशी जनताका लागि एमालेले जायज मुद्दाहरु बोकेको छ, त्यसैले एमाले पहिलो पार्टी बन्छ, जनताले बनाएर पठाउँछन् ।’
त्यस्तै उनले दशैंपछि एमालेको नेतृत्वमा सरकार बन्ने समेत संभावना औंल्याए । उनले थपे,‘स्वभाविक रुपमा अब सरकारको नेतृत्व एमालेले नै गर्ने हो, यो सरकार विघटन भएपछि एमालेकै नेतृत्वमा सरकार बन्ने हो, एमाले उपाध्यक्ष वामदेव गौतम अबको प्रधानमन्त्री बन्नुहुन्छ ।’
उनले निर्वाचनसम्बन्धी विद्येयक चाँडो भन्दा चाँडो टुँगो लगाउनुपर्ने समेत बताए । विद्येयक टुँगो लगाउन ढिलाई भैरहेको समेत उनको गुनासो थियो ।



