डोल्पा सदरमुकाम दुनैमा जिल्ला स्तरीय फुलबल प्रतियोगिता सुरु पहिलो दिनको खेलमा दुनै भ्याली क्लब बिजयी

दुनै(डोल्पा) १७ भदौ डोल्पा सदरमुकाम दुनै स्थित दुनै भ्यालीक्लब द्धारा आयोजित जिल्ला स्तरीय फुटबल प्रतियोगिताको आज समुद्घाटन गरिएको छ ।

डोल्पाको खेलकुद जगतमा सबैभन्दा भन्दा धेरै पुरस्कार राशि भएको फुटबल प्रतियोगिताको समुद्घाटन ठुलीभेरी नगरपालिका का उपमेयर गणेश बहादुर शाहीले गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक शेर बहादुर बुढा,ठुलीभेरी नगरपालिकाका मेयर योगेन्द्र बहादुर शाही,कर्मचारी,नागरिक अगुवा,संञ्चारकर्मी लगाएत जिल्लाका स्थित सरोकारवाला ब्यक्ति सहित दर्शकहरुको बाग्लो उपस्थिति रहेको थियो ।

क्लबको चौथो संस्करण अन्तर्गत फुटबल प्रतियोगिता सुरु भएको होभने प्रतियोगितामा जिल्ला भरका एघार वटा समुहले भाग लिएकाछन् ।
आज उद्घाटन कार्यक्रम पछि पहिलो दिनको खेल अन्तर्गत आयोजक दुनै भ्यालीक्लब र मुड्केचुला गाँउपालिका बाट दर्ता गराएको बुलेट क्लब बिच खेल भएको थियो ।
आज भएको पहिलो दिनको खेलमा आयोजक दुनै भ्यालीक्लब ले आमन्त्रित बुलेट क्लब लाई ११ शुन्यले पराजित गरेको छ ।
खेलमा दुनै भ्याली क्लबका टिम क्याप्टेन षट्कुमार बि.सि र सहायक क्याप्टन अपार गुरुङ्गले ह्याट्रीक हानेका थिए ।
जिल्ला स्तरीय फुटबल प्रतियोगिताको मुख्य प्रायोजन ठुलीभेरी नगरपालिकाले गरेको छ ।
त्यस्तै प्रायोजन त्रिपुरा सुन्दरी नगरपालिका,डोल्पो हिमाललय बचत तथा ऋण सहकारी संस्था लिमिटेड,हिमाली बेकरी उद्योग तथा रोजा फार्मिङ्ग दुनै ,पला गेष्ट हाउसले गरेको छ भने सह–प्रायोजन किर्डाक नेपाल र ओमपार गेष्ट हाउसले गरेको छ ।
प्रतियोगितामा बिजेता समुह लाई एक लाख एक हजार नगत सहित ट्रफी,उप–बिजेता समुह लाई पुरस्कार तीस हजार सहित प्रमाण पत्र ब्यबस्था गरिएको छ ।
कार्यक्रममा सरस्वती उमाविमा अध्ययनरत राष्ट्रिय सेवा दलमा भाग लिएका बिद्यार्थीहरुले तालिम अवधिभर सिकेका कौशलहरु देखाएका थिए ।प्रतियोगिता लिग आउट नियमबा बिजेता छनोट हुने बताईएको छ ।

रामचन्द्र न्यौपाने





error: Content is protected !!