सिजिनल भाईरल प्रभावित क्षेत्रमा थर्ममिटर र कम्पासको भरमा नाँडी छामेर उपचार

हेमन्त के सी
जाजरकोट। टाईफाईट ,रुघाखोकी र ज्वारोको प्रकाप फैलिएको गाउँमा थर्ममिटर ,कम्पासको भरमा उपचार सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटवाट विहिवार गएको स्वास्थ्यकर्मीको टोलीले सुक्रवार दिउँसो देखि उपचार सुरु गरेको थियो । सुक्रवार दिउँसो देखि त्रिवेणीनलगाड नगरपालिका वडा ५ स्थित सरस्वती प्रावि मुलीमा सुरु भएको उपचारमा ९० जनाको उपचार भएकोमा २० जना सिकिस्त विरामी फेला परेको स्वास्थ्यचौकी लहँका अहेव हेमन्त रावलले जानकारी दिनुभयो ।
सिकिस्त विरामीलाई स्वास्थ्य कर्मीको निगरानीमा उपचार भईरहेको राववले वताउनुभयो । शनिवार ईन्द्रधनुष प्राथमिक विद्यालय पोख्रामा थप केन्द्र विस्तार गरि उपचार कार्य सुरु गरिएको छ । विहानै वाट सुरु भएको विरामी जाँच कार्य जारी रहेको रावलले वताउनुभयो । जाँच गर्दा गदैँ औषधी सकिएका कारण औषधी लीन लहँ स्वास्थ्य चौकीमा कार्यालय सहयोगिलाई पठाएको राववले वताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयवाट थप स्वास्थ्यकर्मीको टोली गएर शनिवार विहानै देखि मुलीमै उपचार कार्यमा लागेको नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सदस्या प्रशान्त शर्माल जानकारी दिनुभयो । उपचारका लागि राखिएको शिविरमा अहिले सम्म २ सय १३ जनाको जाँच भएको डाक्ट सन्जय थापाले वताउनुभयो । डाक्टर थापा सहितको ४ जना स्वास्थ्यकर्मीको टोली उपचारमा खटिएको छ । अहिले सम्म थर्ममिटर र कम्पासकै भरमा उपचार भएको छ , खकार , रगत जाँच गर्ने उपकारण नभएका कारण अनुमानकै भरमा उपचारमा जुटेको रावलले वताउनुभयो । मौषममा सुधार नआएका कारण उपचारमा समस्या भएको छ । गाउँमै उपचार गर्न पाएपछि स्थानीयहरु खुसी भएका छन् । फोहोर पानिका कारण समस्या आएको रावलको भनाई छ । आफुले पिउने पानिको स्वाद नै फरक भएको स्थानीयले वताएको रावलले वताए । जिल्लाका अन्य ठाउँमा पनि सयौँ गाउँले विरामी परेको खवर आईरहेका छन् ।
त्यस्तै त्रिवेणी नलगाड नपा कै वडा १० मा स्वास्थ्य शिविर सञ्चालन गर्नका लागि स्वास्थ्यकर्मी र औषधी सहितको टोली १९ गते विहान ध्यारगाउँ पुग्ने त्रिवेणी नलगाड नपाका मेयर टेकवहादुर रावलले वताउनुभयो । मौषम प्रतिकुल नहुँदा स्वास्थ्यकर्मी परिचालनमा समस्या आएको मेयर रावललको भनाई छ । गाउँका स्वास्थ्य संस्थामा प्रयाप्त औषधी नहुँदा समेत उपचारमा कठिनाइ भएको स्वास्थ्यकर्मीले वताएका छन् । विभिन्न ठाउँको अवस्था वुझने काम भईरहेको छ । आवश्यकताको आधारमा टोली परिचालन हुँने मेयर रावलले वताउनुभयो ।

 





error: Content is protected !!