माओवादीबाट मन्त्री हुनेहरूका को को बने पीए सचिवालयमा आफ्नै मान्छेलाई नियुक्ति

काठमाडौं । अहिलेको मन्त्रिपरिषदमा नेकपा माओवादी केन्द्रको तर्फबाट नौ जना मन्त्री छन्। उनीहरूले आफ्नो स्वकीय सचिवालयमा ७ जनासम्म कर्मचारी नियुक्त गर्न पाउँछन्। कसैले आफ्ना नातागोतालाई सचिवालयमा काम गराए पनि नातावादको आरोप सहनुपर्ने डरले नियुक्ति दिन सकेका छैनन्। धेरैजसो मन्त्रीहरूले भने सबै कर्मचारी नियुक्त गरिसकेका छैनन्। थाहाखबरले सचिवालयका कर्मचारीको विवरण माग्दा पशुप‌ंक्षी मन्त्रालयबाहेक अरू मन्त्रालयले सबै कर्मचारीको नाम उपलव्ध गराउन सकेनन्।

हेर्नुहोस् कुन मन्त्रीको सचिवालयमा को को छन्रु उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा उपप्रधानमन्त्री महराको प्रमुख स्वकीय सचिव पीए को जिम्मेवारी युवराज चौलागाईंले पाएका छन्। रामेछाप घर भएका चौलागाईं नेकपा माओवादी केन्द्रको परराष्ट्र विभागका सचिवसमेत हुन्। त्यसैगरी महराको सचिवालय सदस्यमा प्युठानका कृष्ण घिमिरे छन्। त्यसैगरी मन्त्री महराले आफ्नै कान्छा छोरा राहुल महरालाई पनि सचिवालयमा राखेका छन्।

गृहमन्त्री जर्नादन शर्मा गृहमन्त्री शर्माले रुकुम घर भएका गोपाल शर्मा अनललाई प्रमुख स्वकीय सचिवको जिम्मेवारी दिएका छन्। उनी रुकुममा पार्टीको मुख्य पदमा काम गरिसकेका अनुभवी राजनीतिज्ञ मानिन्छन्। त्यसैगरी गृहमन्त्री शर्माको सचिवालयमा दाङका वसन्त शर्मा पनि छन्। वसन्तका दुई दाजुमध्ये जेठा विकास बेपत्ता छन् भने माइला प्रकाश जनयुद्धमा मारिएका थिए। गृहमन्त्रीको सचिवालयमा अन्य पद रिक्त छन्। सचिवालयमा पूर्वतिरका एकजना राख्ने तयारी भए पनि पार्टीले कसैको नाम नपठाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल स्वास्थ्यमन्त्रीको प्रमुख स्वकीय सचिवमा सुदर्शन पराजुलीले नियुक्ति पाएका छन्। पराजुली वाईसीएलका काठमाडौँ सहसंयोजक रहिसकेका व्यक्ति हुन्।

त्यसैगरी स्वास्थ्यमन्त्रीले सुरज धिताललाई सचिवालय सदस्यमा नियुक्त गरेका छन्। अरूको भने टुंगो लागि नसकेको निजी सचिव इन्द्रमणि पोखरेलले जानकारी दिए।

शहरी विकासमन्त्री प्रभु शाह शहरी विकासमन्त्री शाहले रौतहटका सियारामप्रसाद कुशवाहा फिरोजलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका छन्। उनी वाईसीएलका पूर्व सचिवालय सदस्य हुन्। उनी लामो समयदेखि रौतहट जिल्लामा काम गरेर आएका अनुभवी व्यक्ति हुन्। त्यसैगरी मन्त्री शाहले काठमाडौँ रौतहट सम्पर्क मञ्चका सदस्य तथा मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य रामप्रीत शाह र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बालकृष्ण सापकोटालाई सचिवालयमा नियुक्त गरेका छन्। सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत मन्त्री बस्नेतले प्रमुख स्वकीय सचिवमा कविराम बस्नेत ९काश्मिर०लाई नियुक्त गरेका छन्। बस्नेत जनयुद्धकालमा माओवादीको सेनाका कमाण्डर रहेर काम गरेका व्यक्ति हुन्। उनी नाताले मन्त्रीका भतिजा पर्छन्।

त्यस्तै सचिवालयमा धर्मे बुढाथोकी र सुरेन्द्र कुँवरलाई नियुक्ति दिएका छन्। बुढाथोकी सल्यान जिल्लामा लामो समयदेखि पार्टीमा काम गर्दै आएका व्यक्ति हुन्। कँवर पनि पार्टीमा लामो समयदेखि काम गरेका पार्टी कार्यकर्ता नै हुन्। महिला बालबालिका तथा समाज कल्याणमन्त्री आशा खनाल कोइराला मन्त्री खनालले आफ्नो गृहजिल्ला घर भएका कार्यकर्ता खुमबहादुर विश्वकर्मा राजुलाई प्रमुख स्वकीय सचिवको जिम्मेवारी दिएकी छन्। त्यसैगरी दाङ घर भएका गणेश भट्टराई र स्याङ्जा घर भएकी लक्ष्मी पौडेललाई मन्त्री खनालले सचिवालयमा नियुक्ति दिएकी छन्। ऊर्जामन्त्री महेन्द्रबहादुर शाही ऊर्जामन्त्री शाहीको कार्यकारी स्वकीय सचिवमा भाञ्जा नाता पर्ने आकाश शाही छन्। मन्त्री शाहीले मन्त्री हुनुअघि सांसद मात्र रहँदा पनि भाञ्जा आकाशलाई नै कार्यकारी स्वकीय सचिवको रूपमा राखेका थिए। आकाश जनमुक्ति सेनामा काम गरेर आएका व्यक्ति हुन्।

त्यसैगरी हुम्ला घर भएका छवि थापा र कालीकोटका देवीराम देवकोटाले पनि शाहीको सचिवालयमा नियुक्ति पाएका छन्। पशुपंक्षी विकासमन्त्री सन्तकुमार थारू मन्त्री थारूले बर्दिया घर भएका शिवकुमार थारूलाई प्रमुख स्वकीय सचिवको जिम्मेवारी दिएका छन्। त्यसैगरी बर्दियाकै रामजी सिग्देल र रुकुमकी सुनिता रोकायाले मन्त्री थारूको सचिवालयमा नियुक्ति पाएका छन्। कार्यालय सहयोगीमा बर्दियाका भोजलाल थारू र दाङका अजित चौधरी नियुक्त भएका छन्। सवारी चालकतर्फ बर्दियाका युवराज चौधरी र भीमबहादुर चौधरीले नियुक्ति पाएका छन्। उनीहरू सबैजना माओवादी कार्यकर्ता हुन्। आपूर्तिमन्त्री शिवकुमार मण्डल मन्त्री मण्डलले प्रमुख स्वकीय सचिवमा दिनेशकुमार राजवंशीलाई नियुक्ति दिएका छन्। सचिवालयमा नियुक्ति पाउनेमा मोरङका ईश्वरी आचार्य र चिन्तन भुजेल रहेका छन्। राजवंशी, आचार्य र भुजेल तीनै जना माओवादी केन्द्रको सहायक संगठन वाईसीएलका केन्द्रीय नेता हुन्।





error: Content is protected !!