प्रहरी कुटने गाउँपालिकाका उपाध्यक्ष १० हजार धरौटीमा छाडियो
हुम्ला । – सिमाना प्रहरी चौकी हिल्साका इन्चार्जमाथी हातपात गरेका नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा लामा पाँच दिनपछि धरौटीमा रिहा भएका छन् ।
जिल्ला प्रहरी कार्यलयमा थुनामा रहेका लामा धरौटीसहित तारिखमा रिहा भएको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रमुख कमल नेपालले जानकारी दिए । गएको ११ गते सिमाना हिल्साका प्रहरी चौकी इन्चार्ज नीलबहादुर लामालाई कर संकलनको विषयमा विवाद भएर उपाध्यक्ष लामाले आफ्नै निवासमा बोलाइ कुटेर घाइते पारेका थिए ।
जिल्लाको कुनै पनि निर्णय विना कैलाश मानसरवर तिर्थयात्रीबाट स्थानीय कर नउठाउन नाम्खा गाउँपालिका उपाध्यक्ष पेमा लामा लाई अनुरोध गर्दा उल्टै आफूमााथि कुटपिट गरेको प्रहरी इन्चार्ज निल बहादुर लामाले बताए ।
हुम्लाको सिमकोटबाट मानसरोवर केैलाश दर्शन गर्न जाने स्वदेशी विदेशी पर्यटकबाट नाम्खा गाउँपालिकाले भारतीय पर्यटकबाट प्रतिव्यक्ति एकहजार, अन्य देशकालई १५ सय त्यस्तै हवाइ साधन प्रति हेलिकोप्टर बाट ५ सय रुपैयाँका दरले कर उठाएको प्रहरी इन्चार्ज लामाले बताए ।
छलफल गर्नु पर्ने भन्दै आफूलाई गाउँपालिका उपाध्यक्ष लामाले घरमा बोलाएपछि एक्कासी आफ्नो जस्तो निर्णय नगरेको भन्दै लामा र उनकी श्रीमतीसहित अज्ञात व्यक्तीले ढुंगाले टाउकामाथि हान्नुको साथै आफूलाई मार्ने योजना बनाएको इन्चार्ज लामाले बताएका थिए ।
कुटपिट गर्ने उपाध्यक्ष लामालाई हिल्साबाट हेलिकप्टरमार्फत जिल्लाप्रहरी कार्यलयको टोलीले नियन्त्रणमा लिई सार्वजनिक मुद्दा दर्ता गरि अनुसन्धान गरेको थियो । तर जनप्रतिनिधि भएका कारण १० हजार रुपैयाँ धरौटीमा छाडिएको प्रहरीले जनाएको छ ।