गाउँपालिकामा बस्दैनन् जनप्रतिनिधि

जाजरकोट । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको तीन महिना बितिसक्यो । सिंहदरवारको अधिकार गाँउ गाँउमा भन्ने चुनावताकाको नारा सार्थक हुने त कुरै छाडौं अहिले सम्म जनप्रतिनिधिले वडा कार्यालय समेत पाएका छैनन् । वडा कार्यालय स्थापना नहुँदा स्थानीयले निकै सास्ती पाउन थालेका छन् । जनप्रतिनिलिाई भेटाउनै मुस्किल पर्ने गरेको सेवाग्राहीको गुनासो छ ।
भेरी नगरपालिका वडा नं ४ का वडाध्यक्ष खम्बजंग शाहले निर्वाचित भए लगत्तै छुटै वडा कार्यालय स्थापना गरेर सेवा प्रवाह गर्ने सोच बनाएका थिए तर कर्मचारी अभावले उनको सोच पूरा हुन पाएको छैन । कर्मचारी अभावमा वडा नं १ देखी ४ सम्म संयुक्त वडा कार्यालय बनाइएको छ । संयुक्त वडा कार्यालयका सचिव केदारबहादुर कार्कीले चार ओटा वडाको काम जेनतेन धानिरहेका छन् । प्रत्येक वडा कार्यालयमा वडा सचिव, लेखा सहायक र अन्य कर्मचारी गरी कम्तिमा पाँच जनासम्म कर्मचारी रहने व्यवस्था छ तर कर्मचारी नहुँदा यसरी नै संयुक्त वडा कार्यालय स्थापना गरेर काम चलाइरहेको नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद शर्माले बताए ।
१३ वटा वडा रहेको नगरपालिकामा चार जना वडा सचिवले काम चलाइरहेका छन् । भेरी नगरपालिका जस्तै जिल्लाभर यसरी नै संयुक्त वडा कार्यालय मार्फत सेवा प्रवाह भइरहेको छ । जाजरकोटमा तीन नगरपालिका र चार गाँउपालिका छन् । यी सातै तहमा ७७ वटा वडा रहेका छन् तर २६ जना गाविस सचिवले संयुक्त वडा कार्यालय मार्फत कामकाज धानिरहेका छन् । थप कर्मचारी कहिले आउने अझै टुङ्गो छैन । अहिले सम्म कुनै पनि गाउँपालिकाले वडा कार्यालय स्थापना गर्न सकेका छैनन् । ‘मैले म निर्वाचित हुने वित्तिकै वडा सचिवसहितका कर्मचारी मागेको थिएँ अहिले सम्म पाएको छैन, कहिले पाइने हो त्यो पनि थाहा छैनुउनले भने ।
वडामा मात्र होइन नगरपालिकामा पनि कर्मचारी अभाव कायमै भएको भेरीनगरपालिकाका प्रमुख चन्द्रप्रकास घर्तीको भनाई छ ।नगरपालिका र वडा कार्यालय मात्र होइन अन्य कार्यालयबाट नगरपालिकामा खटिएका जिल्ला समन्वय समिति, शिक्षा, पशु, कृषि, शिक्षा लगायतबाट खटिएका कर्मचारी पनि अहिलेसम्म सम्बन्धित पालिकामा गएका छैनन् ।
गएकालाई पनि पालिकाहरुले काममा लगाउन सकेका छैनन्। आर्थिक वर्षको सुरुसँगै गाँउमा कर्मचारी जाने, गाँउपालिका र नगरपालिकाबाट सबै सेवा प्रवाह हुने सोचेका स्थानीय अहिलेसम्म गाँउबाट सेवा प्रवाह नहुँदा निराश छन् । वारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र शाह भन्छन्,‘गाँउमा न त टेलिफोनले काम गर्छ न बैकिङ्ग सुविधा नै छ । न त कर्मचारी व्यवस्थापन नै भएको छ । सदरमुकाम नबसेर के गर्नु रुु कतिपय सेवा सदरमुकामबाटै भेरहेको उनले स्वीकार गरे ।
जिल्लाका अधिकांश ठाँउमा टेलिफोन सेवा विस्तार हुन सकेको छैन । केही ठाँउमा सिडिएमए फोनले काम गरेपनि गाँउ तथा नगरपालिकाका केन्द्र रहेका ठाँउमा कुनै पनि फोनले काम गर्दैन । कर्मचारी अभाव, फोनले काम नगर्नेका साथै बैंकले काम नगर्दा गाउँमा बस्ने अवस्था नभएको उनको भनाई छ ।
कुशे गाँउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले भने ‘त्यही भएर गाँउपालिका र जिल्ला सभाको पहिलो बैठकले संचार सेवा विस्तार र बैक स्थापनाका लागी सरकारसँग आग्रह गर्ने निर्णय गरेका हौ ।ु सरकारले प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सरकारी बैंक स्थापना गर्ने घोषणा गरिसकेको छ तर कहिलेसम्म बैक स्थापना हुने कुनै सुरसार समेत छैन ।
केहीमहिना भित्रै टेलिफोनका टावर निर्माण र बैंक स्थापना गर्न सके मात्र सेवा प्रवाह सहज हुने छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महताराले बताए । ‘नगरपालिका भएर पनि नगरको लागि चाहिने सडक यातायात, बिजुली र सञ्चार जस्ता अत्यावश्यक सेवा नहुँदा नगरमै बसेर सेवा प्रवाह गर्न कर्मचारी र जनप्रतिनिधिलाई निकै समस्या परेको छु उनले भने,‘नगरलाई नगर जस्तो बनाउन म प्रयत्नशील रहनेछुु सिहदरबारको अधिकार गाँउमा पुगेको अनुभुति दिन सरकारले कर्मचारी व्यवस्थापन, संचार सुविधा र अन्य पुर्वाधार स्थापना गर्नु आवश्यक छ ।ु
सरकारले यसै महिनाभित्र आगामी बर्षको बजेट पारित गर्न स्थानीय तहलाई निर्देशन दिएको भएपनि अहिलेसम्म जनप्रतिनिधि गाँउ गएका छैनन् । यस अघि पनि करीव १५ बर्ष देखी तत्कालीन गाविस सचिवले सदरमुकामबाटै सेवा प्रवाह गदै आएका थिए । त्यही अवस्था दोहरिने हो कि भनेर त्रिवेणी नलगाड १२ का मोहन बस्नेत चिन्तित छन् । पूर्वाधार विस्तार नहुँदा सम्म गाँउमै बसेर जनप्रतिनिधि र कर्मचारीले काम गर्न गाह्रो भएको उनले बताए ।
भेरी नगरपालिका बाहेक जिल्लाका अन्य ६ ओटा पालिकामा टेलिफोनको सुविधा विस्तार हुन सकेको छैन भने कुनै पनि बैकिङ्ग सुविधा विस्तार हुन सकेको छैन । त्यस्तै सडक विस्तार समेत हुन सकेको छैन । छेडागाड र नलगाड नगरपालिकामै यातायातको सुविधा पुग्न सकेको छैन ।
‘हामीलाई काम गर्न निकै गाह्रो छ इमेल इन्टरनेटको त कुरै छाडौं टेलिफोनको समेत सुविधा छैन न त बैंक नै छन्ु नलगाड नगरपालिकाका मेयर टेकबहादुर रावलले भने ‘यस्तो अवस्थामा कसरी सिहदरबारको अधिकार गाँउमा जान्छ ।
अन्नपुर्ण पोष्टवाट ।










