छ घण्टा कुराएर उर्जा मन्त्री आएन्न

जाजरकोट ११ भदौ । जाजरकोट सदरमुकाममा जोडिएको केन्द्रिय विद्युतको लाईन औपचारिक रुपमा उद्घाटन गर्ने भनिएपनि उद्घाटन हुँन सकेन ।
आईतवार विहान १२ वजे देखि पाँच वजे सम्म उद्घाटनको तयारीमा सवै प्रतिक्षारत रहेपनि अत्यमा उर्जामन्त्री महेन्द्र शाही नआउने भएपछि निराश सवै निरास भए । उदघाटन स्थलमा भएको सवै तयारी रद्ध गरियो । विद्युत प्राविकरण क्षेत्रिय कार्यालय सुर्खेतको सवै टोलि जाजरकोट आएपनि निराश भएर फर्किएका छन् । जिल्लाका सरकारी कार्यालयका कर्मचारी पाँच घण्टा सम्म आकाशमा हेलि हेदै वसेपनि अन्तयमा निजी निवास तिर लागे ।
उत्साह संग गरिएको उद्धघाटनको तयारी निराशामा वदलिएको छ । अव कहिले उद्घाटन हुँने भन्ने जानकारी नभएको नेपाल विद्युत प्राविकरण क्षेत्रिय कार्यालयले जनाएको छ ।





error: Content is protected !!