छोराले धकेल्दा आमाको मृत्यू

सुर्खेत । यहाँको वीरन्ेद्रनगर नगरपालिका १० मा आफ्नै आमालाई छोराले हत्य गरेको खुलासा भएको छ । वुधवार ३८ वर्षीय रवि खनालले आफ्नै आमालाई सामान्य विवादमा धकेल्दा ७१ वर्षीय टिकावती खनालको मृत्यू भएको हो । रवि साउदी अरववाट केही दिन अघि मात्र घर विदामा आएका थिए । रविले आमालाई धकेल्दा मृत्यू भएको सुर्खेतका प्रहरी प्रमूख मोहन आचार्यले वताउनुभयो । रविले आमालाई धकेल्दा मृत्यू भएको स्वीकार गरिसकेको उहाँको भनाई । स्थानीयका अनुसार जग्गाको विवादमा यस्तो घटना घटेको वताएको छ ।










