नेपाल र भारतबीच आठ वटा समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भ्रमणमा नेपाल(भारतबीच विभिन्न क्षेत्रका आठवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपालको पुनर्निर्माणका लागि भारतले प्रतिबद्धता जनाएको २५ करोड अमेरिकी डलर ९करिब २५ अर्ब रुपैयाँ अनुदान सहयोग परिचालनका लागि चार विधामा समझदारीपत्रमा हस्ताक्षर भएको हो।

समझदारीअनुसार स्वास्थ्य, सांस्कृतिक सम्पदा र शिक्षा क्षेत्र क्रमशः पाँच, पाँच करोड अमेरिकी डलर र भूकम्पपीडितका घर निर्माणका लागि १० करोड अमेरिकी डलर ९१० अर्ब रुपैयाँ० खर्च हुनेछ।
यसैगरी, गुणस्तर तथा नापतौलसम्बन्धी, एसियाली विकास बैंकको सहयोगमा सञ्चालित दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग ९सासेक० कार्यक्रमअन्तर्गत मेची पुल निर्माण र लागुऔषध ओसारपसार नियन्त्रण समझदारीका थप विषय हुन्।

दुई मुलुकका गुणस्तर तथा नापतौल निकायबीच हुने समझदारीले नेपालले गुणस्तर चिह्न दिएका वस्तुलाई भारतले मान्यता दिने र भारतले गुणस्तर चिह्न दिएका वस्तुलाई नेपालले मान्यता दिने परिपाटी निर्माण हुने अपेक्षा छ। समझदारीबाट दुई देश जोड्ने मेची पुलको विस्तार र स्तरोन्‍ति हुनेछ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनका समकक्षीले पनि ढल्केबर(मुजफ्फपुर प्रसारण लाइन ९४०० केभी० मार्फत ८० मेगावाट बिजुली नेपाल पठाउन संयुक्त रूपमा स्विच थिचेर सुरु गरेका थिए।
नेपालको चाटर्ड एकाउन्टेन्टलाई मान्‍यता दिएको छ।





error: Content is protected !!