अव जाजरकोट अस्पतालमा सेवा थप संगै अप्रेशन हुँने

जाजरकोट  । सेवा प्रवाह प्रभावकारी नभएको भन्दै आलोचित हुँदैँ आएको जाजरकाटको जिल्ला अस्पतालमा थप सेवा सुरु हुँने भएको छ । स्त्री रोगको उपचार र पाठेघरको अप्रेशन अव जाजरकोटमै हुँने डाक्टर भुपेन्द्र मल्लले वताउनुभयो ।
सुक्रवार विहान कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठानका डाइरेक्टर धर्मराज गोसाई , स्त्री रोग विशेषज्ञ डाक्टर विनोद अर्याल लगाएतको चिकित्सकहरु जाजरकोट अस्पतालमा पुगिसकेकोले छिटै सेवा प्रवाह हुँने जाजरकोट अस्पतालका डाक्टर भुपेन्द्र मल्लले वताउनुभयो । जाजरकाट अस्पतालमा अव केहि दिनमै सिजरियन सेक्सन अपरेसन गरेर वच्चा निकाल्ने सेवा०सेवा सुरु उहाँले वताउनुभयो । स्त्री रोग को सम्पूर्ण उपचार अनि पाठेघरको अपरेसन समेत हुने उहाँले वताउनुभयो । अव सामान्य अप्रेशषकै लागि हजारौ खर्चेर नेपालगन्ज ,काठमाण्डौँ जाने दिन गएको उहाँको भनाई छ । सेवा प्रवाहमा थप काम भईरहेको डाक्टर चाँदनी जसवालले वताउनुभयो । यहाँका स्थानीयहरु सेवा थप हुँने खवर सुनेपछि निकै खुसी भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले वताउनुभयो । पुर्व अस्पताल विकास समितिका अध्यक्ष महेन्द शाहले सेवा थप भएको प्रति खुसी व्यक्त गनुभएको छ ।   विभिन्न सञ्चार माध्यममा पटक ,पटक जाजरकोट अस्पतालमा सेवा प्रवाहमा समस्या भन्ने समाचार प्रकाशित हुँने गरेको थियो ।
करिव एक वर्ष पहिले जाजरकोट अस्पताललाई ५० शैयामा स्तरउन्नती गरि तत्कालिन गृहमन्त्री तथा जाजरकोट क्षेत्र नं १ का सांसद शक्तिवहादुर वस्नेतले उद्घाटन गर्नुभएको थियो । जाजरकोट अस्पतालका लागि भन्दै केन्द्रवाट वजेट धेरै पठाएपनि सो अनुसारको काम नहुँदा आफु चिन्तित भएको भन्दै पुर्व गृहमन्त्री वस्नेतले अव भर्खरै नयाँ डाक्टरको टिम पठाएको छ , यसवाट जाजरकोटी जनताले भरपुर सदुपयोग गर्नुपर्ने वताउनुभयो । हामीले जिल्लाको स्वास्थ्य अवस्था सुर्धान धेरै प्रयास गरेको भन्दै वस्नेतले थप कामका लागि जनताको रचनात्मक सल्लाह ,सझाव चाहिएको समेत वताउनुभयो । दुर्गम जिल्ला जाजरकोटका विरामीलाई सेवा प्रवाह दिन छिटो ,छरितो होस भनि जाजरकोट अस्पतालमा गाडी पठाएको उहाँले वताउनुभयो ।
हेमन्त के सी रासस





error: Content is protected !!