प्रधानमन्त्री देउवालाई स्वागत गर्न विमानस्थल आफै किन् पुगिन सुष्मा स्वराज

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा आज पांचदिने भ्रमणको क्रममा दिल्ली पुगेका छन् । देउवालाई दिल्लीको इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिईन ।

प्रधानमन्त्री देउवा भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजू राणा सहित ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै भारत भ्रमणमा छन् । देउवा मन्त्रीहरु कृष्णबहादुर महरा,जितेन्द्र देव,ज्ञानेन्द्र बहादुर कार्की र मिन विश्वकर्मासहित भारतीय राष्ट्रपति भवनतर्फ लागेका छन् ।

देउवासहित १५ जनालाई राष्ट्रपति भवनभित्रै बस्ने व्यवस्था मिलाइएको छ । देउवाले आजै भारतिय मन्त्री पियुश गोयलसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।

त्यसैगरी, प्रधानमन्त्रीले आजै भारतका उद्योगी–व्यवसायीहरूको साझा संस्था एशोशिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम समेत छ ।
यस्तो छ प्रधानमन्त्रीको भ्रमण तालिका

पहिलो दिन
भारत भ्रमणका क्रममा भारतीय विद्युत मन्त्री पियुस गोयलसंग भेटवार्ता
दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरको कार्यक्रमा सहभागी
प्रवासी नेपालीको कार्यक्रममा सहभागी हुने
एभरेष्ट चेम्बर अफ कमर्शका पदाधिकारीहरुसंग भेटघाट तथा छलफल
दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुने

 

दोस्रो दिन
विदेशमन्त्री सुष्मा स्वराजसंग भेटवार्ता
गार्ड अफ अनर दिने कार्यक्रममा सहभागी
(महात्मा गान्धीको समाधिस्थलमा श्रद्धान्जली दिन राजघाट जाने
प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटवार्ता,त्यसलगत्तै संयुक्त वक्तव्यमा हस्ताक्षर
गृहमन्त्री राजनाथ सिंह र वित्त मन्त्री अरुण जेटलीसंग भेटवार्ता
राष्ट्रपति रामनाथ कोबिंद र उपराष्ट्रपति बैकैया नायडुसंग भेटवार्ता

 

तेश्रो दिन
विजेपीका महासंचिव राम माधवले नेतृत्व गरेको संस्था इण्डिया फाउन्डेसनको कार्यक्रममा सहभागी
दिउसो बायु सेनाको विशेष विमानबाट हैदराबाद जाने कार्यक्रम

 

चौथो दिन
(प्रधानमन्त्री देउवा पत्नी आरजु देउवासहित आन्ध्र प्रदेशमा रहेको तिरुपति मन्दिर दर्शन गर्न जाने
(बिहारको गयाको कार्यक्रममा सहभागी हुने

 

पांचौ दिन
प्रधानमन्त्री देउवा गयाबाट दिल्ली हुंदै नेपाल एयरलायन्सको उडानबाट काठमाडौं फर्किने





error: Content is protected !!