टुहुरा र दलितका वालवालिकालाई गाउँपालिकाले पढाउने

जाजरकोट । यहाँको जुनीचाँदे गाउँपालिका भित्रका टुहुरा र दलितका छोरा,छोरीलाई निशुल्क पढ्ने व्यवस्था गरिएको छ ।
टुहुरा र दलितका वालवालिका पढ्दा लागेको सुल्क र पोसाक , कापी कलम ,झोला लगाएका वस्तुहरु किन्दा समेत गाउँपालिकाले सवै खर्च व्यहोने जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णवहादुर के सीले जानकारी दिनुभयो । अर्थभावकै कारण पढाई छोड्ने वालवालिकाको संख्य अत्यधिक भएपछि गाउँपालिकावाट यस्तो निर्णय गरि विद्यालयमा विद्यार्थीको टिकाउ दर वढाउन लागिएको उहाँको भनाई छ । गाउँपालिकाको यो निर्णय संगै यहाँका गरिव तथा विपन्न वर्गको स्थानीय सर्वसाधारणहरु खुसी भएका छन् ।
साविकको दह,मजकोट,गर्खाकोट, कोताङ्ग लगाएका गाविसका स्थानीयहरु खुसी भएका छन् । यो जिल्लाको सवै भन्दा दुर्गम तथा कम उत्पादन हुँने क्षेत्रमा पर्दछ । दलितको संख्य अलि वढी भएको यो गाउँपालिकामा रोजी,रोटीका लागि भारतमा गएर कडा परिश्रम गरि यहाँका विद्यार्थीहरु पढाई खर्च जुटाउने गरेका छन् । अर्थ अभावकै कारण पढाई रोकिनु वा छोड्नु अत्यन्तै दुखको कुरा भएकाले भन्दै यसको रोकथामका लागि गाउँपालिकाले गरेको सहि कदमले शिक्षामा सुधार हुँने जिल्ला शिक्षा कार्यालय जाजरकोटले जनाएको छ ।
१ हजार भन्दा वढी दलितका वालवालिका रहेको जुनी चाँदे गाउँपालिकाका प्रशासन तथा लेखा सहायक प्रेमवहादुर कार्कीले वताउनुभयो । प्रत्येक वडा कार्यालयको सिफारिस र विद्यालयको सिफारिका आधारमा रकम उपलव्ध गराईने उहाँको भनाई छ । त्यस्तै छाउपडी प्रथा अन्त्यका लागि समेत अभियान सञ्चालन थालिएको उहाँको भनाई छ ।










