दैलेखका ६७ स्वास्थ्य चौकीमा औषधि अभाव जाँच सरकारीमा, औषधि निजिमा सैय्या कम हुँदा बिरामीहरु प्रतिक्षालयमा पालो कुरेर बस्न बाध्य

दैलेख । जिल्लाको सदरमुकाममा रहेको जिल्ला स्वास्थ्य कार्यलयमा पछिल्लो समयमा बिरामीको निकै चाप बढेको छ । दिनमा २ सयभन्दा बढी बिरामीहरुको जाँच मात्र हुने गरेको छ । औषधि नहुँदा बिरामीहरु चेक गरेर निजि मेडिकलमा औषधि किन्ने पालो कुरेर बसेका पाइन्छ । जिल्लाका ६७ वटा स्वास्थ्य चौकीमा औषधिको अभाव रहेको छ । यस्तै आपतकालिन सेवामा पनि बिरामीहरु पालो कुर्न बाध्य भएका छन् ।

बिरामीहरु सरकारी अस्पतालमा जाँच गराएर निजिमा औषधि किन्नुपर्ने बाध्यता हुँदा निकै मारमा परेको बाताउँछन् । बिरामीहरुले निजि मेडिकलमा मन लाग्दो तरीकाले औषधिको रकम तिर्नु परेको एक सेवाग्राहीले बताए । सरकारी अस्पतालमा औषधि नहुँदा निजिले मनपरी गरेको उनले बताए ।

यस्तै बिरामी अनुसारको बेड नहुँदा पनि सेवाग्राहीहरु निकै मारमा परेको बताउँछन् ।

उता, भैरवी गाउँपालिका रावतकोटका कृष्ण भन्डारी ज्वरो र रुघाले सताएपछि रावतकोट स्वास्थ्य चौकीमा पुगे तर उनले त्यहाँ औषधि नपाउँदा सदरमुकामस्थित राम मेडिकलमा पुगे, मेडिकलबाट जिल्ला स्वास्थ्यमा रिफर गरिदिएपछि उनि अहिले जिल्ला स्वास्थ्य कार्यलयमा छन् । उनि स्वास्थ्य कार्यलयमा बेड नहुँदा सामान्य बेडमा सलाइन चढाएर बसेका छन् ।

‘जिल्लाको मुटुमा रहेको सबैको भरोसाको केन्द्र मानिएको अस्पतालमा भने जति बेड नहुँदा बिरामीहरुलाई थप मार परेको छ,’ उनले भने ।

सामान्य बिरामीको उपचार पनि मेडिकलबाट मात्र उपलब्ध हुन्छ, तर निस्शुल्क दिनुपर्ने औषधि कहिल्यै नपाउने गुनासो उनको थियो । ‘जिल्लामा त यस्तो हालत छ भने ग्रमिण भेगका बिरामीहरुको कस्तो अवस्था होला,’ उनले भने ।

डुङगेश्वर गाउँपालिका–२ लाकुरी कि माया विष्ट ९ महिनाकी छोरीलाई लिएर जिल्ला सदरमुकाम लिएर आइन् । तर, उनले बेड नपाएर प्रतिक्षालयमा बसेकी थिइन्, छोरीलाई झाडापखलाले सताएपछि गाउँको स्वास्थ्य संस्थामा उपचार नपाएपछि जिल्लामा सहजै उपचार पाइएला भनेर आएकी थिइन् ।

उनले सोचेकोभन्दा निकै फरक पाएको बताइन् । उनि जस्ता धेरै बिरामीका आफन्तहरु प्रतिक्षालयमा आकस्मिक कक्षमा पालो कुरेर बसेका थिए । ‘बजारको हालत त यस्तो छ रु झन् ग्रामिण भेकका अस्पतालमा कार्यलय कुर्ने बाहेक कुनै काम नै छैन,’ उनले भनिन् ।

जिल्ला स्वास्थ्य कार्यलयमा सामान्य एन्टिबायोटिक इन्जेक्सन, सलाइन जस्ता समान्य औषधि पनि पाउन निकै मुस्कील भइरहेको इमेरजेन्सी हेर्दै आएका डा। अनिल खरेलले बताए । ‘वर्षातको कारणले गर्दा दुषित पानीका कारण रोगहरु निम्तीएका हो । बिरामिहरुको चाप एकदम बढी छ,’ उनले भने, ‘तर निस्शुल्क औषधि नपाउँदा जाँच मात्र गर्ने गरेर औषधि बाहिर खोज्न भन्ने गरेका छौं ।’

औषधि उपलब्ध गराइदिनकोलागि पटक–पटक नारायण नगरपालिकासंग अनुरोध गरेको जिल्ला स्वास्थ्य कार्यलयका कार्यलय प्रमुख डा। सोवित थापाले बताए ।

 





error: Content is protected !!