दृष्टिविहीनको बिचल्ली

सल्यान । दृष्टिविहीन भएकै कारण श्रीमतीले छाडेपछि बेसहारा बनेका गर्पा ३ दानबाङका भद्रसिंह दमाईको बिचल्ली भएको छ । दुवै आँखाको ज्योति गुमेका उनी अरूको सहाराबिना वरपर गर्नै सक्दैनन् ।

उनलाई दैनिक जीविकोपार्जनमा कठिनाइ भएको छ । भाइबुहारीसँगै बस्दै आए पनि आर्थिक अवस्था कमजोर हुँदा मागेर पेट पाल्न बाध्य छन् । सम्पत्ति केही नभएकाले उपचारबाट समेत उनी वञ्चित छन् ।
भाइलाई साथ लिएर कहिले दाङ कहिले सल्यानकै विभिन्न कार्यालय पुगेर सहयोग माग्दै आएका छन् । पर्याप्त सहयोग नपाउँदा आधा पेट खाएर बस्ने गरेको उनले बताए । आर्थिक अवस्था कमजोर भएका उनी झन्डै १० वर्षयता यही अवस्थामा छन् । ‘पहीला ठीकै थियो, गाउँलेको कपडा सिलाएर गुजारा चलाउँदै आएको थिएँ,’ उनले भने, ‘आँखा देख्न छाडेपछि सबै गुजारा बन्द भयो ।’
आँखा पाकेको र आर्थिक अभावमा बाबुआमाले उपचार गर्न नसक्दा दुवैको ज्योति गुमेको
उनले बताए । सहारा बनेकी श्रीमतीले दोस्रो विवाह गरेपछि अहिले शौच जानेदेखि कुनै काम गर्न सक्दैनन् । ‘समयमै उपचार पाएर ठीक भएको भए अहिले मागेर खानुपर्ने थिएन,’ उनले बताए ।

 

 





error: Content is protected !!