सशस्त्रका ८ डीआईजी र ७ एसएसपीको पदस्थापन, को कहा हेर्नुहोस् (सूचीसहित)

काठमाडौं– सरकारले सशस्त्र प्रहरी बलका ८ जना डीआईजी र सात एसएसपीको पदस्थापन गरेको छ । गृहमन्त्री जनार्दन शर्माले सशस्त्र प्रहरीका तिन डिआईजीको सरुवा गर्नुका साथै ५ डिआईजी र ७ जना एसएसपीको पदस्थापन गरेका गरेका हुन ।
सरुवा हुनेमा डिआईजी निराक्रमविक्रम शाह राजस्व भन्सार तथा औद्योगिक सुरक्षा निर्देशनालय, बावुराम पाण्डे सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय, खडानन्द चौधरी सिमा सुरक्षा विभाग र हाल निलम्वनमा रहेका डिआईजी अरविन्द धिताललाई गुणस्तर निर्देशनालयमा सरुवा गरिएको छ ।
डीआईजी कविन्द्रमान श्रेष्ठलाई प्रशासन विभाग, चिरञ्जीवि अधिकारीलाई कार्यविभाग, नगेन्द्र थापा सीमा विभाग, प्रविण श्रेष्ठ मानवस्रोत विभाग र राजु सुवालको महानगरीय सशस्त्र प्रहरी कार्यालयमा पदस्थापन भएको छ ।
यसैगरी, गृहमन्त्रालयले १३ जना एसएसपीको पदस्थापन गरेको छ । एसएसपी अभि कुमार खत्रीको आर्थिक प्रशासन महाशाखा, गणेश ठाडामगरको स्टाफ कलेज, दुर्गा भट्टराईको सुरक्षा परिषदको सचिवालय, राजेन्द्र अधिकारीको अन्वेषण तथा विकास निर्देशनालय, कमल गिरीको रुद्र बाहिनी, कुलबहादुर नेम्वाङको महेश्वर वाहिनी सुर्खेत, विजय पण्डितको मुक्तिनाथ बाहिनी, महेश कुमार श्रेष्ठ गुणस्तर निर्देशनालय र राजेन्द्र शाक्यको सुदूरपश्चिमस्थित वैजनाथ बाहिनी अत्तरियामा पदस्थापन भएको छ ।










