वैद्य र बाबुराम असफल भएको प्रचण्डको दाबी

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजित माओवादी घटक मध्ये माओवादी केन्द बाहेक अन्य पार्टी असफल भएको दाबी गरेका छन् । सिद्दान्त जोगाउने, क्रान्ति अझै जारी राख्ने जस्ता नारा दिँदै पार्टी छोडेर हिडेका मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्द राजनीतिमा असफल भएको प्रचण्डले बताए ।

 

‘वैद्यजी, बाबुराम र विप्लवजी असफल भइसक्नु भएको छ, अब उहाँहरुको सिद्धान्त र क्रान्तिको गफले मात्र केही हुदैन,’ प्रचण्डले भने । उनले वैद्यले सिद्धान्त बचाउन नसकेको बताए । ‘किरणजी सिद्धान्त बचाउने कुरा गर्नुहुन्थ्यो, त्यो पनि देखिएन, बाबुरारामजी चमत्कारै गर्छु भनेर केजरीवालको सपना देख्दै हिडनु भएको थियो, भएन, विप्लवजीमा भने महत्वकांक्षा छ, त्यो पनि पुरा हुन सकेन,’ प्रचण्डले भने ।

 

उनले अब विभाजित माओवादी पार्टीमा रहेका बहुसंख्यक नेता माओवादी केन्द्रमै फर्किसकेको जिकिर गदै अन्तत अन्य नेता पनि माओवादीमै फर्किने बताए । मंगलबारको कार्यक्रममा नयाँ शक्ति छोडेर नेता देवेन्द्र पौडेललगायतका नेताहरु, नेत्रविक्रम चन्द छोडेर नेकपा (माओवादी) पूर्नगठन गरेका गगन खड्का लगायतका नेताहरु माओवादी केन्द्रमा समाहित हुन आएका थिए ।





error: Content is protected !!