डोल्पामा सडक बनाउने क्रममा महिलाको मृत्यु, पति र छोरा घाइते

डोल्पाको सदरमुकाम दुनै हुँदै तिब्बतको मरिम्ला छुने मोटरबाटोको फुलपानी खण्डमा मोटरबाटो निर्माणको कामगर्ने क्रममा माथिबाट आएको ढुङ्गा लागेर एक कामदारको मृत्यु भएको छ ।

जाजरकोट–रुकुमको त्रिवेणी हँुदै डोल्पा मोटरबाटोको फुलपानी खण्डमा कामगर्दै गर्दा रुकुम साविकको आठबिसकोट ९ स्थाइ घर भएकी ४२ वर्षकी पवित्रा बटालाको आईतबार माथिबाट आएको ढुङ्गा लागेर मृत्यु भएको छ । मृतक बटालाका १८ वर्षका छोरा गोपाल बटाला र श्रीमान् टिकाराम बटाला गरी २ जना घाइते भएका छन् ।

नेपाली सेनाको नेतृत्वमा निर्माण भैरहेको मोटरबाटोको फुलपानी खण्डमा बाटोमा काम गर्दै गरेको बेला एक्कासी माथिबाट आएको ढुङ्गा लागेर बटालाका मृत्यु भएको र घाइते गोपालको खुट्टा भाँच्चिएको छ भने टिकाराम बटालाको टाउका चोट लागेको छ ।

घाइते दुबैलाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि उद्दार गरी सुर्खेत ल्याइएको प्रहरीले जनाएको छ ।

 





error: Content is protected !!