सरकारले ल्याएको संविधान संशोधन विधेयक फेल

काठमाडौं – सरकारले ल्याएको संविधान संशोधन विधेयक फेल भएको छ । प्रदेशहरुको सीमांकन हेरफेरबारे सिफारिस गर्न संघीय आयोग गठन गर्ने गरी संसोधन विधेयक ल्याएको थियो ।
सरकारले गत चैतमा संशोधन विधेयक दर्ता गरेर तराई मधेस केन्द्रीत दलहरुको माग सम्बोधन विधेयक ल्याएको थियो ।पास गर्न आवश्यक दुई तिहाई नपुगेपछि विधेयक फेल हुन पुगेको हो ।
दुई तिहाइ पुर्याउनका लागि लामो समयदेखि विचाराधिन उक्त विधेयक पास फेल जे भए पनि निर्णय स्वीकार्न राजपासहमत भएपछि अघि बढाइएको थियो ।










