कैलालीको खानीडाँडामा बस दुर्घटना, दुईको मृत्यु,२१ जना घाईते

श्रवण देउवा, कैलाली
कैलालीको खानीडाँडामा बस दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने २१ जना घाईते भएका छन् । घाइतेहरुलाई उपचारका लागि पदमा अस्पताल अत्तरियामा भर्ना गरिएको छ ।

धनगढीबाट डोटीको विपीनगर जाँदै गरेको कर्णाली रिभर यातायातको ना ४ ख ५६३५ नम्बरको बस सोमबार दिउँसो २ बजेतिर चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाँडामा दुर्घटनामा परेको हो ।

 

जिल्ला ट्राफिक कार्यालय धनगढीका प्रमुख दिपक पातली अनुसार मृतकहरुमा डोटी जोरायल गाउँपालिका ५ गडसेराका ७० वर्षीय नर बहादुर देउवा र कैलाली जोशीपुर गाउँपालिका ५ की ४८ वर्षीया दुर्गा देवी मल्ल छन् । घाइते सबैको अत्तरीया स्थित पदमा अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई थप उपचारको लागि भारतको हल्द्वानी रिफर गरिएको छ । बसमा २५ जना सवार रहेको र बस सडकबाट करीव १५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।





error: Content is protected !!