भाईरलको प्रकोपले दुई नावालकको मृत्यू , सयौँ विरामी

जाजरकोट । यहाँको वारेकोट गाउँपालिका वडा ३ मा भाईरल ज्वारो र टाईफाईडका कारण वीरवहादुर रोकायका ११ महिनाका छोरा धीरेन्द्र रोकाय र जयवहादुर रोकायका ९ महिनाका छोरा मानवहादुर रोकायको सोमवार मृत्यू भएको स्थानीय शिक्षक रामवहादुर शाहीले जानकारी दिनुभयो ।
गाउँमा अहिले भाईरल ज्वारोको प्रकोषका कारण सयौँ गाउँलेहरु विरामी भएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य संस्था लिम्सा भन्दा टाढा रहेका कारण स्थानीयले समयमै उपचार नपाएको उहाँको भनाई छ । गाउँका साना ,ठुला सवै विरामी छन् , कसरी ५ घण्टा वोकेर अस्पताल सम्म विरामी लिने स्थानीय वासी जयवहादुर रोकायले वताउनुभयो । वारेकोट गाउँपालिकाको सवै भन्दा दुर्गम क्षेत्र पनि यहि पर्दछ । जिल्लाका त्रिवेणी नलगाड वडा ८ हल्चौरमा पनि भाईज्वारोका कारण सयौँ गाउँले विरामी परेको पंञ्च भयार माध्यमिक विद्यालयका शिक्षिका नन्दा शाही केसीले जानकारी दिनुभयो ।
दैनिक ३ घण्टा लगाएर रुकुमको आठविसकोट नगरपालिकाको राडी स्थित मेडिकलमा लिएर उपचार गर्न वाध्य भएको रुद्री खत्रीले वताउनुभयो । घरका सवै विरामी छन् , घरमा पालेका पशुचौपायलाई घास ,पानि दिने मानिस सम्म नहुँदा समस्या भएको उहाँको भनाई छ । तस्विर उपलव्ध छ ।










